डोटीमा पहिरोमा पुरीएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

महेन्द्रनगर । डोटीमा पहिरोमा पुरीएर ६ महिने शिशुको ज्यान गएको छ ।

अविरल वर्षासँगै आएको पहिरोमा परी आइतबार जिल्लाको पूर्वीचौकी गाउँपालिका –४ सानागाउँ स्थित नुवाकोट टोलका भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराईले बताए ।

उनले भने ‘पहिरोमा परी शिशुको मृत्यु भएको छ भने मृतक शिशुकी आमा देवा नेपाली गम्भीर घाइते भएकी छन् ।’ गम्भीर घाइते देवा नेपालीलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

उनका अनुसार घरभित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन् ।

उनले भने ‘पहिरोले घर भत्काएको छ अन्य के कती क्षती भएको छ भन्ने एकीन जानकारी आएको छैन ।’फाइल फोटो

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?