सुदूरपश्चिमका कानुन व्यवसायीहरुका बिच समसामयीक विषय सम्वन्धमा आयोजित छलफल कार्यक्रम सम्पन्न

महेन्द्रनगर । नेपाल बार काउन्सिल सुदूरपश्चिम प्रदेशद्धारा आयोजित कानुन व्यवसायीहरुको बिच समसामयीक विषय सम्बन्धमा आयोजित छलफल कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार जुम मिटिङ मार्फत समसामयीक विषय,घटना तथा कानुन व्यवसायीहरुको वर्तमान अवस्था समस्या,चुनौती र अवसर सम्बन्धि छलफल गरीएको नेपाल बार काउन्सिलका पार्सद अधिवक्ता प्रकाश पाण्डेयले बताए ।

त्यस्तै कानुन व्यवसायलाई थप उच्च ,मर्यादित तथा पारदर्शी बनाउने र लकडाउन र यसले न्यायालयमा समेत परेको र पार्न सक्ने प्रभावको व्यवस्थापन सम्बन्धि पनि कार्यक्रममा छलफल गरीएको थियो ।

उक्त कार्यक्रम मार्फत वरिष्ठ अधिवक्ता स्व. थानेश्वर प्रशाद भट्ट र राज बहादुर चन्द दुबैजना प्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा समबेदना जाहेर समेत गरीएको अधिवक्ता पाण्डेले बताए ।

नेपाल बार काउन्सिल का पार्सद अधिवक्ता प्रकाश पाण्डेयको अध्यक्षतामा बसेको उत्त बैठेकका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका माननिय मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय रहेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल बार एसोसिएशनका केन्द्रिय उपाध्यक्ष अधिवक्ता उमेश बिष्ट , महासचिव लिलामणि पौडेल, कोषाध्यक्ष रुद्र पोख्रेल , बरिष्ठ अधिवक्ता बार काउन्सिलका पुर्व पार्सद देब राज अवस्थी , वरिष्ठ अधिवक्ता यदु नाथ खनाल रहेका थिए ।

त्यसैगरी उच्च अदालत बार महेन्द्रनगरका अध्यक्ष अधिवक्ता उद्दब राज भट्ट , बझाङ जिल्ला बारका अध्यक्ष अधिवक्ता पृथ्वी बहादुर सिङ, डडेल्धुरा जिल्ला बारका अध्यक्ष अधिवक्ता लाल बहादुर जाग्री ,कञ्चनपुर जिल्ला बारका अध्यक्ष अधिवक्ता देव राज पन्त, कञ्चनपुर बारका संस्थापक सचिव अधिवक्ता जगत प्रकाश जोशी , पार्सद अधिवक्ता नन्द लाल चटौत, जिल्ला बार डडेल्धुराका निवर्तमान अध्यक्ष अधिवक्ता बिष्णु भट्ट, डडेल्धुरा जिल्ला बारका सदस्य अधिवक्ता युब राज जोशी, डोटी उच्च बारका पुस्प बिक्रम शाही, कैलाली जिल्ला बारका डा. जानकी तुलाधर र तुला राम गिरिको उपस्थिति रहेको थियो ।

अधिवक्ता दल बहादुर धामी , कमल नयन पन्त, राम दत्त ओझा, अर्जुन खडका समेत सहभागी थिए ।

डडेल्धुराको पर्शुराम नगरपालिका तथा नगरपालीकाका कानुनी सल्लाहकार एबम डडेल्धुरा जिल्ला बारका सदस्य अधिबक्ता गोबिन्द राज जोशिको प्राविधिक सहयोग उक्त जुम मिटिङ सम्पन्न भएको थियो ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?