उद्योग बाणिज्य संघको एम्बुलेन्स ब्राउनसुगरसहित नियन्त्रणमा

दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एम्वुलेन्स नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१च ३८९ नम्बरको तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडक खण्डको दमारगाउँबाट बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका–१३ बडहरा निबासी २३ वर्षीय शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ बर्षकी दिपा थापा रहेका छन् ।

प्रहरीले युवायुवतीको साथबाट करिब ६।७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ । उनीहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको प्रहरीले तस्रोतले बतायो । यता, प्रहरीले भने यो विषयमा कुनै प्रतिकृया दिन चाहेन् ।

योसहित तुलसीपुरमा एम्बुलेन्समा ब्राउनसुगर फेला पर्ने दोस्रो घटना हो । केहि बर्ष अघि तुलसीपुरको गुम्राह चोकबाट पनि प्रहरीले ब्राउनसुगरसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो ।

उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।रातेपाटी

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?