उद्योग बाणिज्य संघको एम्बुलेन्स ब्राउनसुगरसहित नियन्त्रणमा

दाङ । दाङमा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एम्वुलेन्स नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१च ३८९ नम्बरको तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडक खण्डको दमारगाउँबाट बिहिबार राती प्रहरीले नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्ने क्रममा ब्राउनसुगर फेला परेपछि एम्बुलेन्स चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका–६ श्रीगाउँ निबासी तिलक विक, घोराही उपमहानगरपालिका–१३ बडहरा निबासी २३ वर्षीय शंकर पुन र तुलसीपुर उपमहागनरपालिका– ५ निबासी १७ बर्षकी दिपा थापा रहेका छन् ।

प्रहरीले युवायुवतीको साथबाट करिब ६।७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ । उनीहरु नक्कली बिरामी भई कोहलपुर गएर ब्राउनसुगर खरिद गरेर आएको प्रहरीले तस्रोतले बतायो । यता, प्रहरीले भने यो विषयमा कुनै प्रतिकृया दिन चाहेन् ।

योसहित तुलसीपुरमा एम्बुलेन्समा ब्राउनसुगर फेला पर्ने दोस्रो घटना हो । केहि बर्ष अघि तुलसीपुरको गुम्राह चोकबाट पनि प्रहरीले ब्राउनसुगरसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको थियो ।

उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।रातेपाटी

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?