थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ ।

वृन्दावन नगरपालिका भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।

दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।

जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट [आरडीटी] मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् ।अनलाइनखबर

ताजा खबर

प्रहरीले फेरी आफै माथि चलाएर बन्दुक

उपेश सिंह धामी कञ्चनपुर, ०९ माघ । कञ्चनपुरकाे महेन्द्रनगरमा...

बेलौरी १० वडा कार्यालयद्वारा सहिद परिवारलाई सम्मान

केशव थापा बेलाैरी ०९ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका...

हिम्मतपुर बिओपीका इन्चार्ज ईन्सपेक्टर विष्टलाई पुरस्कार

धन सिंह धामी कञ्चनपुर,०९ माघ सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिम...

प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्षमा अरुण भट्ट

केशव थापा कञ्चनपुर, माघ ८ प्रेस सेन्टर नेपाल कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?