मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर

कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र आमा–जनतापाटि बाट लक्ष्मी कुमारी बिष्ट भट्ट ले चुनाव चिन्ह मोबाइल सहित आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेकी छन्।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै भट्टले समाजसेवा, महिला सशक्तीकरण तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताइन्। कञ्चनपुर क्षेत्र नं. ३ मा विगत लामो समयदेखि विकासको असमानता, बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँचको समस्या रहेको उल्लेख गर्दै उनले ती विषयमा व्यवहारिक र दीर्घकालीन समाधान आवश्यक रहेको धारणा राखिन्।

भट्टले आफू कुनै ठूला वा शक्तिशाली राजनीतिक दलको संरक्षणमा नभई जनताको विश्वास र आत्मबलको आधारमा उम्मेदवार बनेको स्पष्ट पारिन्। मोबाइल चिन्हलाई जनतासँगको प्रत्यक्ष सम्पर्क, आधुनिकता र जनआवाजलाई संसदसम्म पुर्‍याउने प्रतीकका रूपमा व्याख्या गर्दै उनले जनताको समस्यालाई नीति निर्माणको तहसम्म पुर्‍याउने प्रतिबद्धता जनाइन्।

उनका चुनावी एजेन्डामा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, युवालाई स्वरोजगार र सीपमूलक तालिम, महिलाको आर्थिक सशक्तीकरण, गुणस्तरीय तथा समावेशी शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, साथै सीमावर्ती क्षेत्रका समस्या, किसानका समस्या र सुरक्षासम्बन्धी विषयहरू समेटिएका छन्। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, पारदर्शी बजेट व्यवस्थापन र सुशासन कायम गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेकी छन्।

उम्मेदवारी घोषणापछि भट्टले घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। अभियानका क्रममा स्थानीय महिला, युवा, किसान तथा सर्वसाधारणले शिक्षा, स्वास्थ्य, सिंचाइ, सडक र रोजगारीका विषयमा आफ्ना समस्या र अपेक्षा राखिरहेका छन्। स्थानीय तहमा भट्टप्रति चासो र समर्थन बढ्दै गएको बताइन्छ।

अन्त्यमा भट्टले आगामी निर्वाचनमा मोबाइल चिन्हमा मतदान गरी जनताको प्रतिनिधिलाई संसदमा पठाउन मतदातासँग अपिल गरेकी छन्।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?