नेविसंघका नेताहरुद्धारा काठमाण्डौँमा घर भाडा गरी पढ्ने सुदूरपश्चिमका विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेका कोरोना भाइरसको रोकथामका निम्ति देश लकडाउन गरीएको छ ।

लकडाउनका कारण दैनिक ज्याल मजदुरी गरी गुजार चलाउने परिवार र घर भाडा गरी पढ्ने विद्यार्थीहरुको जनजिवन बढी प्रभावित बनेको छ ।

घरभाडा गरी बस्ने विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघका नेताहरुले खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

घर भाडा गरी काठमाण्डौँ स्थित शंकरदेव क्याम्पसमा पढ्ने सुदुरपश्चिमका विद्यार्थीहरुलाई नेविसंघका नेता सुशिल धामी,सदिपक रिमाल,समीप भट्टराई हरीश्च जोशी, पारस बस्नेत लगाएतका नेताले खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

विद्यार्थी नेता सुशिल धामीले भने ‘लकडाउनका कारण सुपका विद्यार्थीहरु भोकै बस्न नपरोस् भन्ने उद्देश्यले हामीले सुपका विद्यार्थी सहित अन्य क्षेत्रका विद्यार्थीहरुलाई पनि खाद्यान्न सामाग्री वितरण गरेका छौ ।,’ उनले थपे‘हामीले घर जान चाहने विद्यार्थीहरुको लागी पनि यातायतको व्यवस्था गरीरहेका छौ ।’

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद र बहादुर थापाको पहलमा शनिवार मात्रै २ सय सुदूरपश्चिमबासीलाई घर ल्याइएको नेता धामीले बताए ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?