नेविसंघका नेताहरुद्धारा काठमाण्डौँमा घर भाडा गरी पढ्ने सुदूरपश्चिमका विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेका कोरोना भाइरसको रोकथामका निम्ति देश लकडाउन गरीएको छ ।

लकडाउनका कारण दैनिक ज्याल मजदुरी गरी गुजार चलाउने परिवार र घर भाडा गरी पढ्ने विद्यार्थीहरुको जनजिवन बढी प्रभावित बनेको छ ।

घरभाडा गरी बस्ने विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघका नेताहरुले खाद्यान्न सामाग्री वितरण गरेका छन् ।

घर भाडा गरी काठमाण्डौँ स्थित शंकरदेव क्याम्पसमा पढ्ने सुदुरपश्चिमका विद्यार्थीहरुलाई नेविसंघका नेता सुशिल धामी,सदिपक रिमाल,समीप भट्टराई हरीश्च जोशी, पारस बस्नेत लगाएतका नेताले खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।

विद्यार्थी नेता सुशिल धामीले भने ‘लकडाउनका कारण सुपका विद्यार्थीहरु भोकै बस्न नपरोस् भन्ने उद्देश्यले हामीले सुपका विद्यार्थी सहित अन्य क्षेत्रका विद्यार्थीहरुलाई पनि खाद्यान्न सामाग्री वितरण गरेका छौ ।,’ उनले थपे‘हामीले घर जान चाहने विद्यार्थीहरुको लागी पनि यातायतको व्यवस्था गरीरहेका छौ ।’

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद र बहादुर थापाको पहलमा शनिवार मात्रै २ सय सुदूरपश्चिमबासीलाई घर ल्याइएको नेता धामीले बताए ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?