सांसद रावलको पहलमा काठामाण्डौँ घर भाडा गरी बस्ने कैलालीका विद्यार्थीलाई घर ल्याउने तयारी

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी देश एक महिना देखी लकडाउन गरीएको छ ।

लकडाउका कारण सबैको जनजीवन प्रभावित बनेको छ । काठमाण्डौँमा घर भाडा गरी बस्ने विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गरी गुजार गर्ने बढी प्रभावित बनेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद झपट बहादुर रावलको पहलमा काठमाण्डौँमा घरभाडा गरी बस्ने कैलालीका विद्यार्थी जो घर जान चाहन्छन उनिहरुलाई घर ल्याउने तयारी गरीएको छ ।

सांसद रावलको पहलमा काठमाण्डौँमा घर भाडा गरी बस्ने घर जान चाहाने कैलालीका विद्यार्थीहरुलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सम्झौतमा घर लैजाले तयारी भैरहेको विद्यार्थी नेता रमेह बटालाले बताए ।

‘मंगलवार देखी हामीले काठमाण्डौँमा रहेका कैलालीका विद्यार्थी जो घर जान चाहन्छन ती विद्यार्थीहरुलाई हामीहरुलाई सम्पर्क गर्न भनिरहेका छौ ।’ विद्यार्थी नेता बटालाले भने ‘हाल सम्म १ सय ४ जना विद्यार्थीले सम्पर्क आएका छन् र अझै आउने क्रम जारी छ ।’

लकडाउका कारण विद्यार्थीहरु भोकै बस्न नपरोस भन्ने उद्देश्यले सांसद रावलको पहलमा उनिहरुलाई घर लैजाने तयारी भैरहेको विद्यार्थी नेता बटालाले जानकारी दिए ।

उनले भने ‘घर लैजाने तयारी भैरहेको छ, भोली वा पर्सी गाडी आउने भनिएको छ ।’

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?