सांसद रावलको पहलमा काठामाण्डौँ घर भाडा गरी बस्ने कैलालीका विद्यार्थीलाई घर ल्याउने तयारी

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी देश एक महिना देखी लकडाउन गरीएको छ ।

लकडाउका कारण सबैको जनजीवन प्रभावित बनेको छ । काठमाण्डौँमा घर भाडा गरी बस्ने विद्यार्थी तथा दैनिक ज्याला मजदुरी गरी गुजार गर्ने बढी प्रभावित बनेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद झपट बहादुर रावलको पहलमा काठमाण्डौँमा घरभाडा गरी बस्ने कैलालीका विद्यार्थी जो घर जान चाहन्छन उनिहरुलाई घर ल्याउने तयारी गरीएको छ ।

सांसद रावलको पहलमा काठमाण्डौँमा घर भाडा गरी बस्ने घर जान चाहाने कैलालीका विद्यार्थीहरुलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सम्झौतमा घर लैजाले तयारी भैरहेको विद्यार्थी नेता रमेह बटालाले बताए ।

‘मंगलवार देखी हामीले काठमाण्डौँमा रहेका कैलालीका विद्यार्थी जो घर जान चाहन्छन ती विद्यार्थीहरुलाई हामीहरुलाई सम्पर्क गर्न भनिरहेका छौ ।’ विद्यार्थी नेता बटालाले भने ‘हाल सम्म १ सय ४ जना विद्यार्थीले सम्पर्क आएका छन् र अझै आउने क्रम जारी छ ।’

लकडाउका कारण विद्यार्थीहरु भोकै बस्न नपरोस भन्ने उद्देश्यले सांसद रावलको पहलमा उनिहरुलाई घर लैजाने तयारी भैरहेको विद्यार्थी नेता बटालाले जानकारी दिए ।

उनले भने ‘घर लैजाने तयारी भैरहेको छ, भोली वा पर्सी गाडी आउने भनिएको छ ।’

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?