महेन्द्रनगर । कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनले विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
शुक्रवार कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनले महेन्द्रनगरमा घर भाडा गरी पढ्ने २० जना विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरीएको कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष देवराज पन्तले बताए ।
उनले भने ‘लकडाउनका कारण समस्यामा परेका घर भाडा गरी बस्ने विद्यार्थीहरुलाई बार एशोसिएशनले बारका केन्द्रीय उपाध्यक्ष अधिवक्ता उमेश विष्ट,नेपाल बार काउन्सिलका काउन्सिलर अधिबक्ता प्रकाश पाण्डेय, जिल्ला बारका उपाध्यक्ष गणेश बोहरा , सचिब नरेन्द्र बहादुर सिंह,अधिवक्ता डा.भोजराज पन्तसहित सुरक्षा कर्मीको उपस्थितिमा खाद्यान्न सामाग्री वितरण गरेको हो ।’
आगामी दिनमा पनि समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गरीने कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनले जनाएको छ ।