कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनद्धारा विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण

महेन्द्रनगर । कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनले विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।

शुक्रवार कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनले महेन्द्रनगरमा घर भाडा गरी पढ्ने २० जना विद्यार्थीहरुलाई खाद्यान्न सामाग्री वितरण गरीएको कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष देवराज पन्तले बताए ।

उनले भने ‘लकडाउनका कारण समस्यामा परेका घर भाडा गरी बस्ने विद्यार्थीहरुलाई बार एशोसिएशनले बारका केन्द्रीय उपाध्यक्ष अधिवक्ता उमेश विष्ट,नेपाल बार काउन्सिलका काउन्सिलर अधिबक्ता प्रकाश पाण्डेय, जिल्ला बारका उपाध्यक्ष गणेश बोहरा , सचिब नरेन्द्र बहादुर सिंह,अधिवक्ता डा.भोजराज पन्तसहित सुरक्षा कर्मीको  उपस्थितिमा खाद्यान्न सामाग्री वितरण गरेको हो ।’

आगामी दिनमा पनि समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गरीने कञ्चनपुर जिल्ला अदालत बार एशोसिएशनले जनाएको छ ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?