एनएनएसडब्लुएुद्धारा कञ्चनपुरका स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

महेन्द्रनगर २१ चैत । कञ्चनपुरस्थीत गैर सरकारी सामाजिक संस्था एनएनएसडब्लुएले नोबेल कोरोना भाईरसको संक्रमणबाट जोगिन स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

एनएनएसडब्लुएले डिसीएसँगको सहकार्यमा जिल्लाका नौ वटै स्थानीय तहलाई स्वास्थ्य सामाग्री विरतण गरेको एनएनएसडब्लुएका प्रमुख अशोक विक्रम जैरुले बताए ।

उनका अनुसार हरेक स्थानीय तहलाई १० लिटर स्यानिटाईजर, ४ सय मास्क, ४ सय वटा साबुन, २ सय जोडा ग्लोब्स वितरण गरिएको छ ।

एनएनएसडब्लएले पालिकाकै पुगेर उक्त सामाग्री वितरण गरेको हो । बिहिबार भीमदत्त र माहाकाली नगरपालिकालाई स्वास्थ्य सामाग्री गरेको छ ।

त्यस्तै मुक्त कमैलायालाई शिविर लगायतका समुदाय, क्वारेन्टाईन, महाकाली अस्पतालसँगै स्वास्थ्य र सुरक्षाकर्मीलाई पनि स्वास्थ्य सामाग्री विरतण गरिएको उनको भनाई छ ।

भाईरसको संक्रमणबाट सुरक्षीत रहनका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको प्रमुख जैरुले बताए ।

साथै एनएनएसडब्लएले पीपीई सेट लगायतका अन्य सामाग्री पनि चाडैँ वितरणको तयारी भईरहेको बताए ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?