वडा कार्यालय द्धारा चामल वितरण

राजेन्द्र बिष्ट

महेन्द्रनगर । कंचनपुरको भीमदत्त नगरपालिका -८ ले निशुल्क चामल वितरण गरेको ।

विश्वभर कोरोनाको महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरे संगै कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर ८ को कार्यालयले वडा भित्र रहेका दैनीक ज्याला मजदुरी गररे जीवन निर्वाह गर्ने १ सय ४० परिवार लाई घर दैलोमै गएर निशुल्क चामल वितरण गरेको हो ।

आईतवार बसेको मन्त्री परिषदको बैठकले थप ८ दिन लकडाउन अवधि बढाउने घोषणा गरे पछी वडा कार्यालयले कोहि पनी भोकमरीको चपेतमा नपरोस भनेर प्रति परिवार १५ किलोका दरले चामल वितरण गरिएको वडाध्यक्ष ध्वज बहादुर बिस्टले बताए ।
उनले भने ” जनताले आफ्नो पिर मार्का बुझ्न जनप्रतिनीधिका रुपमा मलाई चुनेर पठाएकोले संकटको यस घडिमा कोहि भोको नरहोस भन्ने उद्देश्यले वडा कार्यालयको बजेट बाट गरिव तथा दैनकि ज्याला मजदुरी गरेर खाने वर्गलाई सानो राहत मात्रै दिएका हौ ।” उनले थपे ” थप समस्या श्रृजना भए वडाले विकास निर्माणको बजेट बाट कटौति गरेर पनी जनतालाई भोकै बस्न दिने छैनौ ।”

वडाकार्यालयले विपत व्यवस्थापनको लागि विनियोजन गरेको एक लाख बरावरको रकमले २५ सय मास्क र प्रति परिवार १५ किलोका दरले २१ क्वीन्टल चामल वितरण गरेको हो । त्यस्तै वडाकार्यालयले वडा भित्र कोरोना भाईरस बाट बच्न विभिन्न जनचेतना फैलाउदै माईकिङ्क गर्नुका साथै विदेश बाट आएकाहरुको तथ्याङ्क संकलन कार्यलाई समेत तीब्र पारेको छ ।

ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?