वडा कार्यालय द्धारा चामल वितरण

राजेन्द्र बिष्ट

महेन्द्रनगर । कंचनपुरको भीमदत्त नगरपालिका -८ ले निशुल्क चामल वितरण गरेको ।

विश्वभर कोरोनाको महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरे संगै कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर ८ को कार्यालयले वडा भित्र रहेका दैनीक ज्याला मजदुरी गररे जीवन निर्वाह गर्ने १ सय ४० परिवार लाई घर दैलोमै गएर निशुल्क चामल वितरण गरेको हो ।

आईतवार बसेको मन्त्री परिषदको बैठकले थप ८ दिन लकडाउन अवधि बढाउने घोषणा गरे पछी वडा कार्यालयले कोहि पनी भोकमरीको चपेतमा नपरोस भनेर प्रति परिवार १५ किलोका दरले चामल वितरण गरिएको वडाध्यक्ष ध्वज बहादुर बिस्टले बताए ।
उनले भने ” जनताले आफ्नो पिर मार्का बुझ्न जनप्रतिनीधिका रुपमा मलाई चुनेर पठाएकोले संकटको यस घडिमा कोहि भोको नरहोस भन्ने उद्देश्यले वडा कार्यालयको बजेट बाट गरिव तथा दैनकि ज्याला मजदुरी गरेर खाने वर्गलाई सानो राहत मात्रै दिएका हौ ।” उनले थपे ” थप समस्या श्रृजना भए वडाले विकास निर्माणको बजेट बाट कटौति गरेर पनी जनतालाई भोकै बस्न दिने छैनौ ।”

वडाकार्यालयले विपत व्यवस्थापनको लागि विनियोजन गरेको एक लाख बरावरको रकमले २५ सय मास्क र प्रति परिवार १५ किलोका दरले २१ क्वीन्टल चामल वितरण गरेको हो । त्यस्तै वडाकार्यालयले वडा भित्र कोरोना भाईरस बाट बच्न विभिन्न जनचेतना फैलाउदै माईकिङ्क गर्नुका साथै विदेश बाट आएकाहरुको तथ्याङ्क संकलन कार्यलाई समेत तीब्र पारेको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?