३ वर्षदेखी दलित विद्यार्थि छात्रावासको निर्माण कार्य स्थगितः सरकारी निकाय मौन

देवेन्द्र खड्का ।
महेन्द्रनगर । बर्दियाकी सरीता विक नर्सिङ पढ्न महेन्द्रनगर आईन् । तर, दलित समुदायकी भएकै कारण उनले डेरा पाईनन् । डेरा नपाएपछि उनले पहिलेदेखि नै डेरा गरी बसेकी आफ्नी एक साथीका कहाँ शरण लिईन् ।

केही समयका लागि मात्रै साथीले उनलाई बस्नँ दिएकी थिईन् । त्यसैले सरिताले डेरा खोजिरहिन् । उनलाई डेरा पाउन लामो समय लाग्यो र छुवाछुतको यस्तो नग्न अवस्थाले उनको मन छियाछिया भयो ।

सरिताजस्ता सयौँ दलित विद्यार्थिको यस्तै अवस्था छ । सरिता जस्तै अरु दलित विद्यार्थिहरुले पनि दुख नपाउन भनि महेन्द्रनगरमा दलित छात्रावास निर्माणको काम अघि बढेको थियो ।

तर २०७३ बैशाख १४ गते बाट निर्माण कार्य शुरु भएको सूदुपश्चिमाञ्चल दलित विद्यार्थि छात्रावास हाल सम्म पनि निर्माण हुन सकेको छैन । महेन्द्रनगर स्थित दुई वर्ष भित्र बनाई सक्ने भनिएका निर्माणधिन छात्रावास पैसा अभावले हाल सम्म बन्न नसक्दा दुख लागेको सूदुरपश्चिमाञ्चल छात्रावासका अध्यक्ष हरिहर परियारले बताए ।

करिव २ करोड ७ लाखको लागतमा निर्माण हुने भनिएको छात्रावास हाल पैसा अभावले ३ वर्ष देखी निर्माण कार्य अलपत्र परेको छ ।

हालसम्म १३ कोठाको डिबिसी बनाउन करीव ६० लाख खर्च भईसकेको र अरु बनाउनको लागी बजेट नआएको अध्यक्ष परियारले बताए ।

२ करोड ७ लाख लाग्ने छात्रावास निर्माणको लागि ४७ लाख ५० हजार मात्रै आएकोले उत्त रकमले १३ कोठा डिबिसी बनाउन समेत नपुग्दा आफु लगाएत अन्य साथिहरुले ब्यात्तिगत सहयोग गरेर डिबिसी निर्माण गर्न जम्मा ६० लाख खर्च भईसकेको अध्यक्ष परियारले बताए ।

छात्रावास निर्माण गर्न डेढ कट्ठा तत्कालिन महेन्द्रनगर नगर विकास समितिले सहयोग गरेको थियो भने शान्ति तथा पुननिर्माण मन्त्रालयले ३० लाख रुपैया, तत्कालिन जिल्ला विकास समिति कञ्चनपुरले २ लाख रुपैया सहयोग गरेको अध्यक्ष परियारले जानकारी दिए ।

त्यस्तै १० लाख रमेश लेखकको संसद कोषबाट, २ लाख दुर्गा खुनाको कोष बाट, ५० हजार भीमदत्त नगरपालीका, १ लाख शुक्लाफाँटा नपा, २ लाख महाकाली नपा बाट आएको रकमले डिबिसी निर्माण गरेको परियारले बताए ।

उनले भने‘पैसा अभावले ३ वर्ष देखी निर्माण कार्य रोकिएको छ ।’ उनले थपे ‘हामीले छात्रावास निर्माणको लागी नगरपालीका देखी मन्त्रालय सम्म पटक पटक आग्रह गर्दा पनि कुनै चासो दिएका छैनन् ।’

आफुहरुले पटक पटक स्थानिय तहदेखी मन्त्रालय सम्म आर्थिक सहयोगको आग्रह गर्दा पनि कसैले चासो नदिदा ३ वर्ष देखी निर्माण कार्य रोकिएको अध्यक्ष हरिहर परियारले बताए ।

महेन्द्रनगरमा पढ्न आउने दलित विद्यार्थिले भाडामा कोठा नपाउने हुदाँ उत्त समस्या समाधान हुने भन्दै निर्माण गर्न लागिएको छात्रावास पैसा अभावले ३ वर्ष देखी निर्माण कार्य स्थगित हुदा वर्तमान अवस्थामा पनि दलित विद्यार्थिले सरिताको जस्तै दुख झेलीरहेका अध्यक्ष परियारले आभाषकुञ्ज संगको कुराकानीमा बताए ।

परियारले भने ‘ दलित विद्यार्थिहरुले भाडामा कोठा पाउदैनन्, कोठा नपाएपछि विद्यार्थि जात लुकाएर बस्न वाध्य छन भने कतिपय पढ्न छोडेर घर फर्किने गरेका छन् ।’ उनले भने ‘ यस्तो समस्या समाधान गर्नको लागि पनि छात्रावास निर्माण कार्य अघि सारेका थियौ तर सरकारी निकायले कुनै चासो नदिदा दलित लाई सरकारले हेपेको जस्तो लागेको छ ।’

छात्रावास छिटो निर्माण गर्नु हामिहरुले कोठा पाईरहेका छैनौ भनि दिनहु धेरै विद्यार्थिको फोन आउने गरेको परियारले जानकारी दिए । निर्माण कार्य अगाडी नबढ्दा हाल छात्रवास जिर्ण बन्दै गएको छ ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?