३ वर्षदेखी दलित विद्यार्थि छात्रावासको निर्माण कार्य स्थगितः सरकारी निकाय मौन

देवेन्द्र खड्का ।
महेन्द्रनगर । बर्दियाकी सरीता विक नर्सिङ पढ्न महेन्द्रनगर आईन् । तर, दलित समुदायकी भएकै कारण उनले डेरा पाईनन् । डेरा नपाएपछि उनले पहिलेदेखि नै डेरा गरी बसेकी आफ्नी एक साथीका कहाँ शरण लिईन् ।

केही समयका लागि मात्रै साथीले उनलाई बस्नँ दिएकी थिईन् । त्यसैले सरिताले डेरा खोजिरहिन् । उनलाई डेरा पाउन लामो समय लाग्यो र छुवाछुतको यस्तो नग्न अवस्थाले उनको मन छियाछिया भयो ।

सरिताजस्ता सयौँ दलित विद्यार्थिको यस्तै अवस्था छ । सरिता जस्तै अरु दलित विद्यार्थिहरुले पनि दुख नपाउन भनि महेन्द्रनगरमा दलित छात्रावास निर्माणको काम अघि बढेको थियो ।

तर २०७३ बैशाख १४ गते बाट निर्माण कार्य शुरु भएको सूदुपश्चिमाञ्चल दलित विद्यार्थि छात्रावास हाल सम्म पनि निर्माण हुन सकेको छैन । महेन्द्रनगर स्थित दुई वर्ष भित्र बनाई सक्ने भनिएका निर्माणधिन छात्रावास पैसा अभावले हाल सम्म बन्न नसक्दा दुख लागेको सूदुरपश्चिमाञ्चल छात्रावासका अध्यक्ष हरिहर परियारले बताए ।

करिव २ करोड ७ लाखको लागतमा निर्माण हुने भनिएको छात्रावास हाल पैसा अभावले ३ वर्ष देखी निर्माण कार्य अलपत्र परेको छ ।

हालसम्म १३ कोठाको डिबिसी बनाउन करीव ६० लाख खर्च भईसकेको र अरु बनाउनको लागी बजेट नआएको अध्यक्ष परियारले बताए ।

२ करोड ७ लाख लाग्ने छात्रावास निर्माणको लागि ४७ लाख ५० हजार मात्रै आएकोले उत्त रकमले १३ कोठा डिबिसी बनाउन समेत नपुग्दा आफु लगाएत अन्य साथिहरुले ब्यात्तिगत सहयोग गरेर डिबिसी निर्माण गर्न जम्मा ६० लाख खर्च भईसकेको अध्यक्ष परियारले बताए ।

छात्रावास निर्माण गर्न डेढ कट्ठा तत्कालिन महेन्द्रनगर नगर विकास समितिले सहयोग गरेको थियो भने शान्ति तथा पुननिर्माण मन्त्रालयले ३० लाख रुपैया, तत्कालिन जिल्ला विकास समिति कञ्चनपुरले २ लाख रुपैया सहयोग गरेको अध्यक्ष परियारले जानकारी दिए ।

त्यस्तै १० लाख रमेश लेखकको संसद कोषबाट, २ लाख दुर्गा खुनाको कोष बाट, ५० हजार भीमदत्त नगरपालीका, १ लाख शुक्लाफाँटा नपा, २ लाख महाकाली नपा बाट आएको रकमले डिबिसी निर्माण गरेको परियारले बताए ।

उनले भने‘पैसा अभावले ३ वर्ष देखी निर्माण कार्य रोकिएको छ ।’ उनले थपे ‘हामीले छात्रावास निर्माणको लागी नगरपालीका देखी मन्त्रालय सम्म पटक पटक आग्रह गर्दा पनि कुनै चासो दिएका छैनन् ।’

आफुहरुले पटक पटक स्थानिय तहदेखी मन्त्रालय सम्म आर्थिक सहयोगको आग्रह गर्दा पनि कसैले चासो नदिदा ३ वर्ष देखी निर्माण कार्य रोकिएको अध्यक्ष हरिहर परियारले बताए ।

महेन्द्रनगरमा पढ्न आउने दलित विद्यार्थिले भाडामा कोठा नपाउने हुदाँ उत्त समस्या समाधान हुने भन्दै निर्माण गर्न लागिएको छात्रावास पैसा अभावले ३ वर्ष देखी निर्माण कार्य स्थगित हुदा वर्तमान अवस्थामा पनि दलित विद्यार्थिले सरिताको जस्तै दुख झेलीरहेका अध्यक्ष परियारले आभाषकुञ्ज संगको कुराकानीमा बताए ।

परियारले भने ‘ दलित विद्यार्थिहरुले भाडामा कोठा पाउदैनन्, कोठा नपाएपछि विद्यार्थि जात लुकाएर बस्न वाध्य छन भने कतिपय पढ्न छोडेर घर फर्किने गरेका छन् ।’ उनले भने ‘ यस्तो समस्या समाधान गर्नको लागि पनि छात्रावास निर्माण कार्य अघि सारेका थियौ तर सरकारी निकायले कुनै चासो नदिदा दलित लाई सरकारले हेपेको जस्तो लागेको छ ।’

छात्रावास छिटो निर्माण गर्नु हामिहरुले कोठा पाईरहेका छैनौ भनि दिनहु धेरै विद्यार्थिको फोन आउने गरेको परियारले जानकारी दिए । निर्माण कार्य अगाडी नबढ्दा हाल छात्रवास जिर्ण बन्दै गएको छ ।

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?