विद्यार्थी नेता भट्ट द्वारा जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई आर्थिक सहयोग 

कञ्चनपुर – एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका बिरामी पत्रकारलाई आर्थिक सहयोग गरेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज किशोर भट्टले जन्मदिनको अवसरमा पत्रकार डिल्लीराज पन्तलाई आर्थिक सहयोग गरेका हुन ।

भीमदत्त नगरपालिका २ उल्टाखामका  स्थानीय समेत रहेका विद्यार्थी नेता एव अधिवक्ता भट्टले १३ असारमा आफ्नो जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई नगद ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन । नेता भट्टले आफ्नो गृह जिल्लामा रहेका समसामयिक विषय उठानदेखिका काममा खटिने पत्रकार पन्तलाई बिरामीका बेला सहयोगी भावनाले सहयोग गरेका हुन । 

जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा समाजका लागि खटिने पत्रकार जगत सङ्कटमा परेका बेला केही औषधी खरिदमा सहजताका लागि सहयोग गरेको नेता भट्टले बताए । ‘मैले आफ्नो जन्मदिनको अवसरमा समाजका लागि अहोरात्र खटिने पत्रकार पन्तलाई सानै भएपनि सङ्कटका बेला सक्दो सहयोग गरेको बताए । समाजका लागि खटिने पत्रकार पन्त लामो समयदेखि बिरामी भएपछि भीमदत्त नगरपालिका १२ ऐरी घरमै बस्दै आएका छन् ।

बिहीबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीले पत्रकार पन्तलाई क्रान्तिकारी नेता भट्टले सहयोग गरेको रकम घरमै गएर हस्तान्तरण गरेका छन । सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासङ्घका सचिव अवस्थी सहितका पत्रकार अम्बादत्त तिवारी, मोहन विष्ट, भाष्कर केसी, केशव भट्ट, गोकुल जोशी, जनक बहादुर चन्द, प्रकाश भट्ट सहित सहभागि थिए ।

पत्रकार डिल्लीराज पन्तले आफू लामो समयदेखि बिरामी भएका बेला स्वास्थ्यका लागि ख्याल गर्दै सद्भाव देखाउने क्रान्तिकारी नेता किशोर भट्ट प्रति आभार प्रकट गरेका छन । क्रान्तिकारी नेता भट्टले हरेक बर्ष जन्मदिनको अवसरमा अनाथ, बेसहारा, विपन्न दलित , जेहेन्ददार विद्यार्थीदेखि बिरामी, ज्येष्ठ नागरिक सहित सङ्कटमा परेका मानिसलाई सहयोग गर्दै आएका छन् । 

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?