नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

 

काठमाडौं । नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।

मलेसियामा सम्पन्न खेलमा नेपालले २२२ रनको विशाल जितसहित उपाधि उचालेको हो ।

घरेलु टोलीलाई नेपालले २ सय ५३ रनको लक्ष्य दिएको थियो ।

तर मलेसियाले अलआउट हुनुपूर्व १४.५ ओभरमा ३१ रन मात्रै जोड्न सक्यो ।

नेपालका लागि अभिशेख तिवारीले ५ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले जम्मा ७ रन मात्रै दिए ।

यस्तै, सन्तोष यादवले ३ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिए । यस्तै सागर गैरेले ५ ओभरमा १३ रन दिएर १ विकेट लिए ।

अशोक धामीले १ विकेट लिए ।

यसअघि नेपालले निर्धार ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो ।

नेपालका लागि नरेन भट्टले ८९ बलमा अविजित रहँदै ११२ रन बनाए । उनले १० चौका र २ छक्का हानेका थिए ।

यस्तै निरज यादवले ४७ रन बनाउँदा सूर्यांशु कोइरालाले १८ रन बनाए । उनीहरुले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए

 

ताजा खबर

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

शनिवार वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता दिदै पावर अफ युथ समुह

कञ्चनपुरमा रहेको पावर अफ युथले वृहत सरसफाई कार्यक्रमलाई निरन्तरता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?