यथाशिघ्र स्थानीय तहको निर्वाचन गर्न माग

राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आगामी जेठ ५ गत भित्र स्थानीय तहको निर्वाचन गर्न माग गरेको छ ।
गठवन्धनको सरकारले जेठ मसान्त भित्र निर्वाचन गर्ने भन्दै स्थानीय तहको निर्वाचन सार्न खोजेको भन्दै संघले वर्तमान सरकारलाई जेठ ५ गतेभित्र चुनाव गर्न माग गरेको छ ।आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटील सरकारले स्थानीय तह निर्वाचनका लागि कानुन संशोधनको कुरा अघि वाधा गर्न खेजेको भन्दै विभिन्न वाहानामा चुनाव नगर्ने मनसाय देखाएको जनाएको छ ।
युवा संघ नेपालले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि स्थानीय तह निर्वाचन हुनु पर्ने माग गर्दै वर्तमान सरकारलाई अलोकतान्त्रीक गठवन्धनको सरकार भएको आरोप समेत लगाएको छ ।
आईतवार संघका सुदूरपश्चिम इन्चार्ज बिस्ना चन्द र संयोजक सन्तोस जोशी द्धारा प्रकाशित विज्ञप्तीमा वर्तमान गठवन्धनको सरकारको पालामा दैनकि उपभोग्य समानको अत्याधिक मुल्य वृद्धी भएको , कोरोना माहामारीको वेला २४ लाख डोज खोप गायव पारिएको, लिम्पीया धुरामा भारतीय पक्षले सडक निमार्ण गर्दा वोल्न नसकेको , दार्चुलाको महाकाली नदीमा भारतले एक तर्फी तटवन्ध निमार्ण गर्दा रोक्न नसकेको आरोप लगाउदै यसमा युवा संघको ध्यान आकर्षण भएको जनाएको छ ।

 

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?