यथाशिघ्र स्थानीय तहको निर्वाचन गर्न माग

राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले आगामी जेठ ५ गत भित्र स्थानीय तहको निर्वाचन गर्न माग गरेको छ ।
गठवन्धनको सरकारले जेठ मसान्त भित्र निर्वाचन गर्ने भन्दै स्थानीय तहको निर्वाचन सार्न खोजेको भन्दै संघले वर्तमान सरकारलाई जेठ ५ गतेभित्र चुनाव गर्न माग गरेको छ ।आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटील सरकारले स्थानीय तह निर्वाचनका लागि कानुन संशोधनको कुरा अघि वाधा गर्न खेजेको भन्दै विभिन्न वाहानामा चुनाव नगर्ने मनसाय देखाएको जनाएको छ ।
युवा संघ नेपालले संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि स्थानीय तह निर्वाचन हुनु पर्ने माग गर्दै वर्तमान सरकारलाई अलोकतान्त्रीक गठवन्धनको सरकार भएको आरोप समेत लगाएको छ ।
आईतवार संघका सुदूरपश्चिम इन्चार्ज बिस्ना चन्द र संयोजक सन्तोस जोशी द्धारा प्रकाशित विज्ञप्तीमा वर्तमान गठवन्धनको सरकारको पालामा दैनकि उपभोग्य समानको अत्याधिक मुल्य वृद्धी भएको , कोरोना माहामारीको वेला २४ लाख डोज खोप गायव पारिएको, लिम्पीया धुरामा भारतीय पक्षले सडक निमार्ण गर्दा वोल्न नसकेको , दार्चुलाको महाकाली नदीमा भारतले एक तर्फी तटवन्ध निमार्ण गर्दा रोक्न नसकेको आरोप लगाउदै यसमा युवा संघको ध्यान आकर्षण भएको जनाएको छ ।

 

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?