वडाध्यक्ष र सहायक कम्पूटरलाई घुससहित पक्राऊ

असोज २४ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले महोत्तरीको मटिहानी नगरपालिका -५ का वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईनलाई घूससहित पक्राउ गरेको छ ।

जन्म दर्ताको सिफारिस गरिदिएबापत सेवाग्राहीसँग १० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग उनीहरुले घूस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट गएको टोलीले उक्त रकम उनीहरुले घूस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगका सहप्रवक्ता बेदप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता भण्डारीले बताए ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?