३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर कम्पनीले शिलबन्दी बोलपत्रमार्फत खरिद

भदौ २८ कञ्चनपुर ।  हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) अर्थात एचआईडिसीएलको साढे ३ करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्रीमा आउने भएको छ। कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सो शेयर लिलाम बिक्रीमा आउने भएको हो।

कम्पनीले जेठ २७ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० अंकित मूल्यका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ९६ हजार ४२४ आवेदकबाट कुल ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता शेयरका लागि आवेदन परेको थियो। जुन भदौ २६ गते बाँडफाँट गरिएको थियो। बाँडफाँट नभएको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर कम्पनीले शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गर्नेछ।

हकभन्दा बढी शेयर माग गरी दरखास्त दिने आवेदकहरुको बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम भदौ ३१ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?