३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर कम्पनीले शिलबन्दी बोलपत्रमार्फत खरिद

भदौ २८ कञ्चनपुर ।  हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) अर्थात एचआईडिसीएलको साढे ३ करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्रीमा आउने भएको छ। कम्पनीले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको सो शेयर लिलाम बिक्रीमा आउने भएको हो।

कम्पनीले जेठ २७ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १ बराबर १ अनुपातमा प्रतिकित्ता १०० अंकित मूल्यका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ९६ हजार ४२४ आवेदकबाट कुल ७ करोड ३७ लाख ७० हजार २७६ कित्ता शेयरका लागि आवेदन परेको थियो। जुन भदौ २६ गते बाँडफाँट गरिएको थियो। बाँडफाँट नभएको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर कम्पनीले शिलबन्दी बोलपत्रमार्फत खरिद आव्हान गर्नेछ।

हकभन्दा बढी शेयर माग गरी दरखास्त दिने आवेदकहरुको बाँडफाँटमा नपरेको हकप्रद शेयर बापतको रकम भदौ ३१ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने व्यवस्था मिलाइएको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?