डोटीमा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

भदौ  २७  डोटी । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ ।

गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त खोप लगाइ पहिलो चरणको कार्यक्रमको शुरुआत् गरेको गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक अधिकृत सम्भु थापाले जानकारी दिए ।
उक्त कार्यक्रम कक्षा १२ मा अध्ययनरत ३६ छात्र र २९ छात्रालाई खोप लगाउनु हो । जिल्लामा कक्ष १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने बडिकेदार पहिलो पालिका रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “बन्द भएको लामो समयपछि पालिकाका विद्यालय खुलेका छन्, उनीहरुलाई जोखिम नहोस भनेर हामीले खोप लगाउन शुरु गरेका छौँ, अब पुरै पालिकाका विद्यार्थीलाई खोप लगाउने छौँ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?