डोटीमा कक्षा १२ का विद्यार्थीलाई कोरोना विरुद्धको खोप

भदौ  २७  डोटी । कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालयहरु क्रमिक रुपमा खुल्न थालेपछि यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई पहिलो चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको छ ।

गाउँपालिकाले बडिकेदार गाउँपालिका–२ मा रहेको बर्छैन माध्यामीक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त खोप लगाइ पहिलो चरणको कार्यक्रमको शुरुआत् गरेको गाउँपालिका स्वास्थ्य शाखा सामुदायिक अधिकृत सम्भु थापाले जानकारी दिए ।
उक्त कार्यक्रम कक्षा १२ मा अध्ययनरत ३६ छात्र र २९ छात्रालाई खोप लगाउनु हो । जिल्लामा कक्ष १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउने बडिकेदार पहिलो पालिका रहेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, “बन्द भएको लामो समयपछि पालिकाका विद्यालय खुलेका छन्, उनीहरुलाई जोखिम नहोस भनेर हामीले खोप लगाउन शुरु गरेका छौँ, अब पुरै पालिकाका विद्यार्थीलाई खोप लगाउने छौँ ।

ताजा खबर

गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत...

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता ः छात्रा भलिबल तर्फ लक्ष्मीमावि बागफाँटा प्रथम

शुनिल राना, 20 कञ्चनपुर भीमदत्त नगरपालिकाले सचालन गरेको १६ औँ...

पुर्व मेयर अशोक कुमार चन्द कञ्चनपुर २ बाट सिफारिस

कञ्चनपुर, २० पौष । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा...

सुशासनका लागि खवरदारी गर्ने पत्रकार धामी सम्मानित

धन सिंह धामी बेलडाँडी १९ पाैष। कृषि, स्वास्थ्य, स्थानीय विकास,...

हरिहर स्नान घाटमा मकरमेलाका लागि समिति गठन 

डिल्लीराज पन्त, महेन्द्रनगर,१९ पाैष । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ हरिहर स्नान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?