सुरुङमार्ग बनाउन नौ कम्पनीको आवेदन

भदौ १० काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा कम्पनीले आवेदन दिएका छन् ।
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौवटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिनुभयो । सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ ।

सुरुङमार्गका लागि चालू आर्थिक वर्षमा ६० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले गत तीन आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आए पनि यो सुरुङमार्ग निर्माण कार्य अगाडि बढ्न नसक्दा बजेट ‘फ्रिज’ हुँदै आएको छ ।
उहाँले भन्नुभयो, “आवेदन दिएका कम्पनीहरूको प्राविधिक प्रस्तावको अहिले मूल्याङ्कन भइरहेको छ । प्राविधिक मूल्याङ्कनमा उत्कृष्ट कम्पनीको मात्र आर्थिक प्रस्तावको समेत मूल्याङ्कन गरिने छ । दुईवटै मूल्याङ्कनमा उत्कृष्ट भएका कम्पनीसँग सम्झौता गरी निर्माण कार्य अगाडि बढाइने छ ।” आवेदन दिएका कम्पनीहरूले बोलपत्रको मापदण्ड पूरा गरेको अवस्थामा अबको दुई महिनाभित्र कम्पनी छनोट प्रक्रिया पूरा हुने उहाँले स्पष्ट पार्नुभयो । छनोट भएका कम्पनीले पाँच वर्षभित्र सुरुङमार्गको निर्माण सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।
छनोट भएका निर्माण कम्पनीले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङमार्ग निर्माण गर्ने निर्देशक जैसीले बताउनुभयो । त्यसैगरी सुरुङमार्ग निर्माण सम्पन्न भएको एक वर्षसम्म ‘डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी)’ निर्माण सम्बन्धित निर्माण कम्पनीको नै हुने उहाँले बताउनुभयो । ‘डीएलपी’ को अवधिमा सुरुङमार्गको मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीको नै हुनेछ ।

यो सुरुङमार्गको पोर्टल बुटवल–तानसेन सडक खण्डमा रहेको सिद्धबाबाको मन्दिरस्थित चिडियाखोला नजिकै हुनेछ । दुई लेनको हुने यस सुरुङमार्गको कुल लम्बाइ १.१२६ किलोमिटर हुनेछ । सुरुङमार्गको निर्माण ‘एसियन हाइवे स्ट्यान्डर्ड’को हुने निर्देशक जैसीले बताउनुभयो । सिद्धबाबाको अति जोखिम झन्डै पाँच किलोमिटर क्षेत्रमध्ये उपल्लो सिद्धबाबादेखि रामापिथेकस पार्कसम्म सो सुरुङमार्ग गरिनेछ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?