जयसिह धामीको न्यायका लागि साढे ९ हजार हस्ताक्षर संकलन

भदाै ५, महेन्द्रनगर । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले दार्चुला स्थित महाकाली नदीमा तुईन तर्ने क्रममा डोरी काटिदिएपछि वेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको न्यायका लागि साढे ९हजार हस्ताक्षर संकलन भएको छ ।

गत साउनमा तुईन काटिदिएपछि महाकाली नदीमा वेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको न्यायका लागि मौलिक जरोकिलो पार्टीले सुदूरपश्चिममा हस्ताक्षर संकलन गरेको हो । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशको आयोजनामा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, दार्चुला सहितका जिल्लाहरुबाट हस्ताक्षर संकलन गरिएको थियो ।

मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशका अध्यक्ष खिमानन्द जोशीले दोषि एसएसबी माथि कार्बाही, वेपत्ता भएका धामीको शव खोज्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति राहत, दार्चुला खलङगाबाट सिधै तिङकरसम्म नेपाल टु नेपाल भएर सडक विस्तार लगायतका माग अघि सारेर हस्ताक्षर संकलन गरिएको बताए ।

‘हामीले ९ हजार हस्ताक्षर संकलन गर्ने लक्ष्य लिएका थियौँ, ‘उनले भने, ‘हामीले लक्ष्य भन्दा बढि हस्ताक्षर संकलन गरेका छौँ ।’ सुदूरबाट संकलन भएको हस्ताक्षर अब सिधै प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्टीले बुझाउने उनले बताए । ‘मुलुकमा राजतन्त्रदेखि गणतन्त्र आयो, तर दार्चुलाका जनतालाई राज्यले अहिलेसम्म हेरेको छैन, उनीहरुका समान्य पीडा समेत बुझिदिएको छैन ‘उनले भने, ‘अहिले पनि आफ्नै घर जान वा मुलुक आउन भारतीय भूमि भएर आउनु जानुपर्छ ।’

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?