जयसिह धामीको न्यायका लागि साढे ९ हजार हस्ताक्षर संकलन

भदाै ५, महेन्द्रनगर । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले दार्चुला स्थित महाकाली नदीमा तुईन तर्ने क्रममा डोरी काटिदिएपछि वेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको न्यायका लागि साढे ९हजार हस्ताक्षर संकलन भएको छ ।

गत साउनमा तुईन काटिदिएपछि महाकाली नदीमा वेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको न्यायका लागि मौलिक जरोकिलो पार्टीले सुदूरपश्चिममा हस्ताक्षर संकलन गरेको हो । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशको आयोजनामा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, दार्चुला सहितका जिल्लाहरुबाट हस्ताक्षर संकलन गरिएको थियो ।

मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशका अध्यक्ष खिमानन्द जोशीले दोषि एसएसबी माथि कार्बाही, वेपत्ता भएका धामीको शव खोज्नुपर्ने, मृतक परिवारलाई क्षतिपूर्ति राहत, दार्चुला खलङगाबाट सिधै तिङकरसम्म नेपाल टु नेपाल भएर सडक विस्तार लगायतका माग अघि सारेर हस्ताक्षर संकलन गरिएको बताए ।

‘हामीले ९ हजार हस्ताक्षर संकलन गर्ने लक्ष्य लिएका थियौँ, ‘उनले भने, ‘हामीले लक्ष्य भन्दा बढि हस्ताक्षर संकलन गरेका छौँ ।’ सुदूरबाट संकलन भएको हस्ताक्षर अब सिधै प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्टीले बुझाउने उनले बताए । ‘मुलुकमा राजतन्त्रदेखि गणतन्त्र आयो, तर दार्चुलाका जनतालाई राज्यले अहिलेसम्म हेरेको छैन, उनीहरुका समान्य पीडा समेत बुझिदिएको छैन ‘उनले भने, ‘अहिले पनि आफ्नै घर जान वा मुलुक आउन भारतीय भूमि भएर आउनु जानुपर्छ ।’

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?