अनुगमनको क्रममा, १० हजार बराबरको म्याद नाघेका औषधी बरामद

महेन्द्रनगर २० जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले यस हप्ता बजार अनुगमन कार्यलाई तिव्रताका साथ अगाडी बढाएको छ । नगरपालिकाले स्थानीय बजारसँगै नगरका सबै वडामा नियमित बजार अनुगमन गरिरहेको थियो।

बिहिबार पनि चौथो दिन नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । लकडाउन र महामारीलाई मध्यनजर गरि भीमदत्त नगरपालिकाले नियमित स्थानीय बजार अनुगमन भईरहेको अनुगमन टोली संयोजक तथा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अधिकारीले बताउनु भयो । उहाँका अनुसार बिहिबार भीमदत्त नगरपालिका वडा नम्बर ७, ८ र १० मा रहेका मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा दुई वडा मेडिकलबाट १० हजार बराबरको म्याद नाघेका औधषी समेत बरामद गरिएको उहाँले बताउनु भयो । वडा नम्बर ७ को हर्क सिंह महराको क्लिनिक र चन्द्रकान्त क्लिनिक र शर्मा मेडिकल स्टोरबाट ५/५ हजार मुल्य बराबरको म्याद नाघेका औधषी बरामद गरिएको भने भी.न.पा. १० को सिर्जना हेल्थ क्लिनिक, ऐरी क्लिनिक र भी.न.पा. ८ को राधिका हेल्थ क्लिनिकलाई कानुनसम्मत सञ्चालन गर्न निर्देशन दिईएको प्रशासकीय अधिकृत अधिकारीले भनाई छ ।

उहाँका अनुसार ती क्लिनिकलाई डि.डि.ए. को प्रमाण पत्र राख्न, नगरपालिकामा दर्ता तथा नविकरण गराउन, खरिद तथा बिक्रि बिल राख्न निर्देशन दिईएको छ । सोमबारबाट नगरपालिकाले खाद्यन्न तथा मेडिकल क्लीनिकबाट अनुगमन गदैँ आएको छ।नगरपालिकाको नेतृत्व गरेको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय,उपभोक्ता हित संरक्षण मंच र पत्रकार महासंघ कञ्चनपुरका प्रतिनिधि लगायतको सहभागीता रहने गरेको छ ।

स्थानीय तहलाई प्राप्त अधिकार अन्र्तगत उपभोक्ता संरक्षण ऐन, २०७५ ले सुनिश्चित गरेको उपभोक्ताको संवैधानिक अधिकारको कार्यान्वयन गराउन स्थानीय बजार अनुगमन टोलीबाट निरीक्षण भईरहेको नगरपालिकाले जनाएको छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?