अनुगमनको क्रममा, १० हजार बराबरको म्याद नाघेका औषधी बरामद

महेन्द्रनगर २० जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले यस हप्ता बजार अनुगमन कार्यलाई तिव्रताका साथ अगाडी बढाएको छ । नगरपालिकाले स्थानीय बजारसँगै नगरका सबै वडामा नियमित बजार अनुगमन गरिरहेको थियो।

बिहिबार पनि चौथो दिन नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । लकडाउन र महामारीलाई मध्यनजर गरि भीमदत्त नगरपालिकाले नियमित स्थानीय बजार अनुगमन भईरहेको अनुगमन टोली संयोजक तथा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अधिकारीले बताउनु भयो । उहाँका अनुसार बिहिबार भीमदत्त नगरपालिका वडा नम्बर ७, ८ र १० मा रहेका मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गरिएको हो ।


अनुगमनका क्रममा दुई वडा मेडिकलबाट १० हजार बराबरको म्याद नाघेका औधषी समेत बरामद गरिएको उहाँले बताउनु भयो । वडा नम्बर ७ को हर्क सिंह महराको क्लिनिक र चन्द्रकान्त क्लिनिक र शर्मा मेडिकल स्टोरबाट ५/५ हजार मुल्य बराबरको म्याद नाघेका औधषी बरामद गरिएको भने भी.न.पा. १० को सिर्जना हेल्थ क्लिनिक, ऐरी क्लिनिक र भी.न.पा. ८ को राधिका हेल्थ क्लिनिकलाई कानुनसम्मत सञ्चालन गर्न निर्देशन दिईएको प्रशासकीय अधिकृत अधिकारीले भनाई छ ।

उहाँका अनुसार ती क्लिनिकलाई डि.डि.ए. को प्रमाण पत्र राख्न, नगरपालिकामा दर्ता तथा नविकरण गराउन, खरिद तथा बिक्रि बिल राख्न निर्देशन दिईएको छ । सोमबारबाट नगरपालिकाले खाद्यन्न तथा मेडिकल क्लीनिकबाट अनुगमन गदैँ आएको छ।नगरपालिकाको नेतृत्व गरेको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय,उपभोक्ता हित संरक्षण मंच र पत्रकार महासंघ कञ्चनपुरका प्रतिनिधि लगायतको सहभागीता रहने गरेको छ ।

स्थानीय तहलाई प्राप्त अधिकार अन्र्तगत उपभोक्ता संरक्षण ऐन, २०७५ ले सुनिश्चित गरेको उपभोक्ताको संवैधानिक अधिकारको कार्यान्वयन गराउन स्थानीय बजार अनुगमन टोलीबाट निरीक्षण भईरहेको नगरपालिकाले जनाएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?