आइफोनमा पनि भीओएलटीई सुरु

काठमाडौँ, जेठ २० गते । नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि सुरु भएको छ । यसअघि तीनवटा ब्रान्डका मोबाइलमा मात्र उक्त सेवा उपलब्ध रहेकामा अबदेखि आइफोन प्रयोगकर्ताले पनि यस्तो सेवा लिनसक्ने कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारी जानकारी दिनुभयो ।
चौथो पुस्ताको फोरजी÷एलटीई प्रविधिमा आधारित कम्पनीको यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् । साथै कलमै आधारित भिडियो कल गर्न सकिने सुविधा पनि यसमा उपलब्ध छ ।
गत जेठ ३ गते टेलिकमले भीओएलटीई सेवाको परीक्षण सुरुवात गरेको थियो । त्यतिबेला निश्चित ब्रान्डका सीमित मोडलमा मात्र उपलब्ध यो सुविधा क्रमशः अहिले अन्य मोडलमा पनि विस्तारित हुँदै गएको कम्पनीले जनाएको छ ।
सेवा सुरुवात हुँदा आइफोनमा प्रयोग गर्न नमिल्ने भएपछि टेलिकमले एप्पल इन्कर्पोरेसनलाई इमेल गरेर यो सुविधा प्रयोग गर्न मिल्ने बनाउन आग्रह गरेको थियो । टेलिकमको आग्रहको आधारमा छोटो समयमै आइफोनमा पनि यो सुविधा प्रयोग गर्न सकिने भएको हो
ग्रामीण क्षेत्रमा ठूलो क्षेत्रमा सेवाको पहुँच हुने भएकाले यसबाट देशैभरका ग्राहक लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ ।

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?