आइफोनमा पनि भीओएलटीई सुरु

काठमाडौँ, जेठ २० गते । नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि सुरु भएको छ । यसअघि तीनवटा ब्रान्डका मोबाइलमा मात्र उक्त सेवा उपलब्ध रहेकामा अबदेखि आइफोन प्रयोगकर्ताले पनि यस्तो सेवा लिनसक्ने कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारी जानकारी दिनुभयो ।
चौथो पुस्ताको फोरजी÷एलटीई प्रविधिमा आधारित कम्पनीको यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् । साथै कलमै आधारित भिडियो कल गर्न सकिने सुविधा पनि यसमा उपलब्ध छ ।
गत जेठ ३ गते टेलिकमले भीओएलटीई सेवाको परीक्षण सुरुवात गरेको थियो । त्यतिबेला निश्चित ब्रान्डका सीमित मोडलमा मात्र उपलब्ध यो सुविधा क्रमशः अहिले अन्य मोडलमा पनि विस्तारित हुँदै गएको कम्पनीले जनाएको छ ।
सेवा सुरुवात हुँदा आइफोनमा प्रयोग गर्न नमिल्ने भएपछि टेलिकमले एप्पल इन्कर्पोरेसनलाई इमेल गरेर यो सुविधा प्रयोग गर्न मिल्ने बनाउन आग्रह गरेको थियो । टेलिकमको आग्रहको आधारमा छोटो समयमै आइफोनमा पनि यो सुविधा प्रयोग गर्न सकिने भएको हो
ग्रामीण क्षेत्रमा ठूलो क्षेत्रमा सेवाको पहुँच हुने भएकाले यसबाट देशैभरका ग्राहक लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ ।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?