ह्याकरको चंगुलमा राष्ट्रिय परीक्षा बोर्ड, वेबसाइट डाउन!

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमाथि साइबर आक्रमण, ह्याकरले लिए जिम्मेवारी
काठमाडौं: एक ह्याकर समूहले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमाथि साइबर आक्रमण गरेको दाबी गरेको छ। शनिबार राति टेलिग्राममार्फत ‘एनोनिमस नेपाल’ नामक ह्याकर समूहले बोर्डको वेबसाइट (neb.gov.np) डाउन गरेको जनाएको हो।
ह्याकर समूहले ‘बोटनेट अट्याक’ विधि प्रयोग गरेर वेबसाइटलाई अवरुद्ध पारेको बताएको छ। समूहका एक सदस्यले रमाइलोका लागि यस्तो गरेको दाबी गरेका छन्। यसैगरी, उनीहरूसँग केही विद्यालयको लगइन विवरण पनि रहेको दाबी गरिएको छ।
आइतवार बिहानसम्म बोर्डको वेबसाइटमा प्रवेश गर्दा ‘फर्बिडन, यु डन्ट ह्याभ पर्मिसन टु एक्सेस दिस रिसोर्स’ र पछि ‘दिस साइट कान्ट बि रिच्ड’ भन्ने सूचना देखिएको थियो।
बोर्डका अधिकारीहरूले वेबसाइटमा देखिएको समस्याको कारणबारे अनभिज्ञता व्यक्त गरेका छन्। बोर्डकी एक प्रतिनिधिले वेबसाइट बनाउने निकायबाटै समस्या आएको सुन्नमा आएको बताइन्। वेबसाइट अवरुद्ध हुँदा बोर्डको काम कारबाहीमा बाधा पुगेको छ।
कुन शीर्षक रोज्ने ?

ताजा खबर

भुमि समस्या समाधान आयोगमा कञ्चनपुरबाट सिजाली विज्ञ सदस्यमा नियुक्त

  दोधारा ३० माघ । सरकारले भुमि व्यवस्थापन समस्याको निवाकरण समिति...

दोधारा चाँदनीमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन झोल साबुन र डल्ले साबुन बनाउने तालिम 

पप्पु गुरुङ्ग दाेधारा २९ माघ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा...

नेपाल उद्योग व्यापार महासंघद्धारा आयोजित मेला २०८१ सफलता पूर्वक सम्पन्न

धन सिंह धामी कञ्चनपुर २८ माघ । कञ्चनपुरको महेन्द्रनगर खुला...

कैलालीको धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला शुरु

  कञ्चनपुर २८ माघ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय...

नेपाल शिक्षक संगठन दोधारा चाँदनीको तेस्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पन्त

पप्पु गुरुङ्ग दोधारा २८ माघ । ‘गौरवशाली बिगत, चुनौतीपुर्ण बर्तमान,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?