ह्याकरको चंगुलमा राष्ट्रिय परीक्षा बोर्ड, वेबसाइट डाउन!

राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमाथि साइबर आक्रमण, ह्याकरले लिए जिम्मेवारी
काठमाडौं: एक ह्याकर समूहले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमाथि साइबर आक्रमण गरेको दाबी गरेको छ। शनिबार राति टेलिग्राममार्फत ‘एनोनिमस नेपाल’ नामक ह्याकर समूहले बोर्डको वेबसाइट (neb.gov.np) डाउन गरेको जनाएको हो।
ह्याकर समूहले ‘बोटनेट अट्याक’ विधि प्रयोग गरेर वेबसाइटलाई अवरुद्ध पारेको बताएको छ। समूहका एक सदस्यले रमाइलोका लागि यस्तो गरेको दाबी गरेका छन्। यसैगरी, उनीहरूसँग केही विद्यालयको लगइन विवरण पनि रहेको दाबी गरिएको छ।
आइतवार बिहानसम्म बोर्डको वेबसाइटमा प्रवेश गर्दा ‘फर्बिडन, यु डन्ट ह्याभ पर्मिसन टु एक्सेस दिस रिसोर्स’ र पछि ‘दिस साइट कान्ट बि रिच्ड’ भन्ने सूचना देखिएको थियो।
बोर्डका अधिकारीहरूले वेबसाइटमा देखिएको समस्याको कारणबारे अनभिज्ञता व्यक्त गरेका छन्। बोर्डकी एक प्रतिनिधिले वेबसाइट बनाउने निकायबाटै समस्या आएको सुन्नमा आएको बताइन्। वेबसाइट अवरुद्ध हुँदा बोर्डको काम कारबाहीमा बाधा पुगेको छ।
कुन शीर्षक रोज्ने ?

ताजा खबर

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?