एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।
प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष पनि परीक्षा गर्ने अवस्था नभएका कारण यो निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

 

ताजा खबर

राप्रपाको पहिलो वडा अधिवेशन शुभारम्भ

धन सिंह धामी कञ्चनपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीले गाँउ,वडा कमिटि...

प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपन ईन्टरनेशनल कराँते च्याम्पियनशिप प्रतियोगिता २०२४ काे उपाधी नेपाललाइ

कञ्कचनपुर । काेलकत्तामा सम्पन्न प्रथम अन्तराष्ट्रिय ईन्डो नेपाल ओपन...

एक साता देखि निरन्तर महेन्द्रनगर खुल्ला मञ्चको सरसफाईमा लेखक

धन सिंह धामी,कञ्चनपुर । कञ्चनपुरको भिमदत्त–०६ निवासी समाजिक अभियन्ताले...

नेपाल मोवाईल व्यवसायी संघ कञ्चनपुरको मडै परिवारलाई राहत सहयोग

कञ्चनपुर- कञ्चनपुरका संगठित मोवाईल व्यवसायीहरुले एक विपन्न मडै परिवारलाई...

सुदूरपश्चिमेली नेपाली समाज तो खाई, जापानद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सुदूरपश्चिमेली नेपाली समाज तोखाई जापानले यही 22 तारिक नागोया...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?