एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।
प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो । यो वर्ष पनि परीक्षा गर्ने अवस्था नभएका कारण यो निर्णय गरिएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।

 

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?