वडास्तरमै कोरोना परिक्षण अभियान सुरु गर्यो भीमदत्तले

महेन्द्रनगर १७ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना संक्रणम नियन्त्रण तथा रोकथामका लागि सामुदायस्तरमै अभियान सुरु गरेको छ । सामुदायस्तरमा संक्रमणको आशंका लागेकालाई परिक्षण गर्न नगरपालिकाले अभियान थालेको हो ।

सोमबार नगर प्रमुख सुरेन्द्र विष्टले औपचारीक रुपमा अभियान सुरुवात गरे । नगरपालिकाले वडा नम्बर ४ बाहेक सबै वडामा स्वास्थ्यकर्मीको टोलि पठाएर एन्टीजेन परिक्षण गर्न लागेको हो । नगरपालिकाको आधारभुत स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले संक्रमणको जोखिम तथा लक्षण देखिएको परिक्षणका लागि देखि अभियान थालिएको बताउनु भयो ।


उहाँका अनुसार सोमबार २, ११ , १४ र १९ नम्बर वडाबाट एन्टीजेन गरिक्षणका लागि टोलि खटाएर अभियान सुरु गरिनेछ । स्वास्थ्यकर्मीको टोलिले वडास्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीमा एन्टीजेन परिक्षण गर्नेछ । अभियानमा एनएनएसडब्लुए र डिएसएले सहयोग गरेको छ ।

भीमदत्त नगरपापालिका–४ मा भने एईसिएचको भवनमा नियमित परिक्षण हुदैँ आएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको सहजताका लागि कोरोना परिक्षण गर्न सामुदायस्तरमै अभियान सुरु गरिएको बताउनु भयो ।
‘लकडाउनको समयमा सबैले अस्पताल आएर परिक्षण गर्न समस्या हुन्छ ’ नगर प्रमुख विष्टले भन्नुभयो । ‘कोरोनाको संक्रमण सामुदायस्तरमा फैलिएको छ, संकास्पद र संक्रमणको जोखिम रहेकालाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्न लागेका छौ ।’
अभियान जेठ १७ गते देखि २१ गतेसम्म चल्ने छ । साथै उहाँले संक्रमणको लक्षणदेखिएका तथा जोखिममा रहेका नगरवासीलाई अभियानमार्फत परिक्षण गराउन आग्रह गर्नुभयो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?