वडास्तरमै कोरोना परिक्षण अभियान सुरु गर्यो भीमदत्तले

महेन्द्रनगर १७ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना संक्रणम नियन्त्रण तथा रोकथामका लागि सामुदायस्तरमै अभियान सुरु गरेको छ । सामुदायस्तरमा संक्रमणको आशंका लागेकालाई परिक्षण गर्न नगरपालिकाले अभियान थालेको हो ।

सोमबार नगर प्रमुख सुरेन्द्र विष्टले औपचारीक रुपमा अभियान सुरुवात गरे । नगरपालिकाले वडा नम्बर ४ बाहेक सबै वडामा स्वास्थ्यकर्मीको टोलि पठाएर एन्टीजेन परिक्षण गर्न लागेको हो । नगरपालिकाको आधारभुत स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले संक्रमणको जोखिम तथा लक्षण देखिएको परिक्षणका लागि देखि अभियान थालिएको बताउनु भयो ।


उहाँका अनुसार सोमबार २, ११ , १४ र १९ नम्बर वडाबाट एन्टीजेन गरिक्षणका लागि टोलि खटाएर अभियान सुरु गरिनेछ । स्वास्थ्यकर्मीको टोलिले वडास्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र तथा स्वास्थ्य चौकीमा एन्टीजेन परिक्षण गर्नेछ । अभियानमा एनएनएसडब्लुए र डिएसएले सहयोग गरेको छ ।

भीमदत्त नगरपापालिका–४ मा भने एईसिएचको भवनमा नियमित परिक्षण हुदैँ आएको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नागरिकको सहजताका लागि कोरोना परिक्षण गर्न सामुदायस्तरमै अभियान सुरु गरिएको बताउनु भयो ।
‘लकडाउनको समयमा सबैले अस्पताल आएर परिक्षण गर्न समस्या हुन्छ ’ नगर प्रमुख विष्टले भन्नुभयो । ‘कोरोनाको संक्रमण सामुदायस्तरमा फैलिएको छ, संकास्पद र संक्रमणको जोखिम रहेकालाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्न लागेका छौ ।’
अभियान जेठ १७ गते देखि २१ गतेसम्म चल्ने छ । साथै उहाँले संक्रमणको लक्षणदेखिएका तथा जोखिममा रहेका नगरवासीलाई अभियानमार्फत परिक्षण गराउन आग्रह गर्नुभयो ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?