नगर प्रमुख विष्टद्धारा कोरोना खोप खरिदका लागि संघ सरकारसँग अनुमती माग

 महेन्द्रनगर १५ जेठ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भ्याक्सिन खरिदको लागि संघ सरकारसँग अनुमती माग गरेको छ । नगरवासीलाई नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट जोगाउन खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमती माग गरेको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा नेपालको पश्चिमी नाकामा रहेको यस नगरपालिकामा संक्रमणको जोखिम उच्च रहेको अवगत गराउदैँ सरकारलाई तत्काल खोप उपलब्ध गराउन र आवश्यक मापदण्ड अनुसार नगरपालिकालाई खोप खरिदका लागि अनुमती दिन माग गरिएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिका सक्रिय रुपमा काम गरिरहेको जनाएको छ ।

नगर प्रमुख विष्टले नेपाल सरकारसँग आवश्यक खोपको मात्रा पठाईदिन आग्रह गरिएको बताउनु हुदैँ ‘नेपाल सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरेका छौँ, सरकारले उपलब्ध गराउन नसकेमा तत्काल नगरपालिकालाई खोप खरिदका लागि अनुमती दिन अनुरोध गरेका छौँ, नगरवासीलाई कोरोना विरुद्ध खोप लगाउन नगरपालिका अनुमती मागेको छ ।’ उहाँले भन्नु भयो । संघिय सरकारले अनुमती दिएमा तत्काल नगरवासीलाई खोप लगायउन खरिद पक्रिया अगाडी बढाईनेछ । साथै नगरपालिकालाई खोप खरिदका लागि अनुमती पाईने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

ताजा खबर

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?