नगर प्रमुख विष्टद्धारा कोरोना खोप खरिदका लागि संघ सरकारसँग अनुमती माग

 महेन्द्रनगर १५ जेठ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भ्याक्सिन खरिदको लागि संघ सरकारसँग अनुमती माग गरेको छ । नगरवासीलाई नयाँ भेरियन्टसहितको कोरोना संक्रमणबाट जोगाउन खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुमती माग गरेको हो ।

नगर प्रमुख सुरेन्द्र विष्टले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्रमा नेपालको पश्चिमी नाकामा रहेको यस नगरपालिकामा संक्रमणको जोखिम उच्च रहेको अवगत गराउदैँ सरकारलाई तत्काल खोप उपलब्ध गराउन र आवश्यक मापदण्ड अनुसार नगरपालिकालाई खोप खरिदका लागि अनुमती दिन माग गरिएको छ । कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिका सक्रिय रुपमा काम गरिरहेको जनाएको छ ।

नगर प्रमुख विष्टले नेपाल सरकारसँग आवश्यक खोपको मात्रा पठाईदिन आग्रह गरिएको बताउनु हुदैँ ‘नेपाल सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरेका छौँ, सरकारले उपलब्ध गराउन नसकेमा तत्काल नगरपालिकालाई खोप खरिदका लागि अनुमती दिन अनुरोध गरेका छौँ, नगरवासीलाई कोरोना विरुद्ध खोप लगाउन नगरपालिका अनुमती मागेको छ ।’ उहाँले भन्नु भयो । संघिय सरकारले अनुमती दिएमा तत्काल नगरवासीलाई खोप लगायउन खरिद पक्रिया अगाडी बढाईनेछ । साथै नगरपालिकालाई खोप खरिदका लागि अनुमती पाईने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?