राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई पत्र

काठमाडौँ, जेठ १३ गते । नेपालले छिमेकी मुलुक भारतसँग खरिदका लागि प्रक्रिया अगाडि बढाएको कोभिड–१९ विरुद्धको दस लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गरिदिन अपिल गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कूटनीतिक पत्र लेखेर खोपका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो । नेपालले दस लाख मात्रा खोप खरिदका लागि पहिल्यै रकम भुक्तान गरिसकेको छ । सोही खोप उपलब्ध गराउनका लागि राष्ट्रपति भण्डारीले सहजीकरणको अपिल गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनु भएको छ ।
सो पत्रमार्फत राष्ट्रपति भण्डारीले भारतमा कोरोना महामारीका कारण उत्पन्न सङ्कटले त्यहाँको धेरै जनताको ज्यान गएकोमा दुःख प्रकट गर्नुभएको छ । महामारीबाट प्रताडित रहेको अवस्थामा छिमेकी मुलुकबीच आपसी सहकार्य गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । अझ नेपाल–भारतबीच रहेको खुला सिमानाले नजिक बनाएको सम्बन्धका कारण पनि थप साझेदारी र सहकार्य आवश्यक रहेको उहाँले औँल्याउनु भएको छ । उहाँले कोभिड महामारी रोकथाम र व्यवस्थापनका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद प्रकट गर्नुभएको छ ।
राष्ट्रपतिले लेख्नु भएको कूटनीतिक पत्र परराष्ट्र मन्त्रालयले मङ्गलबार नै भारतीय राष्ट्रपतिको कार्यालयमा पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । नेपालले भारतसँग २० लाख मात्रा कोभिसिल्ड खोप खरिदका लागि भुक्तान गरेकोमा दस लाख मात्रा मात्र खोप नेपाल आएको छ । भारतमै कोरोना तीव्र प्रसार भएपछि बाँकी दस लाख मात्रा भारतले दिन सकेको छैन । सोही खोपका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहलमार्फत सहजीकरणका लागि अनुरोध गरिरहेको छ ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?