राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीलाई पत्र

काठमाडौँ, जेठ १३ गते । नेपालले छिमेकी मुलुक भारतसँग खरिदका लागि प्रक्रिया अगाडि बढाएको कोभिड–१९ विरुद्धको दस लाख मात्रा खोप उपलब्ध गराउन सहजीकरण गरिदिन अपिल गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कूटनीतिक पत्र लेखेर खोपका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो । नेपालले दस लाख मात्रा खोप खरिदका लागि पहिल्यै रकम भुक्तान गरिसकेको छ । सोही खोप उपलब्ध गराउनका लागि राष्ट्रपति भण्डारीले सहजीकरणको अपिल गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनु भएको छ ।
सो पत्रमार्फत राष्ट्रपति भण्डारीले भारतमा कोरोना महामारीका कारण उत्पन्न सङ्कटले त्यहाँको धेरै जनताको ज्यान गएकोमा दुःख प्रकट गर्नुभएको छ । महामारीबाट प्रताडित रहेको अवस्थामा छिमेकी मुलुकबीच आपसी सहकार्य गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । अझ नेपाल–भारतबीच रहेको खुला सिमानाले नजिक बनाएको सम्बन्धका कारण पनि थप साझेदारी र सहकार्य आवश्यक रहेको उहाँले औँल्याउनु भएको छ । उहाँले कोभिड महामारी रोकथाम र व्यवस्थापनका लागि भारत सरकारले गरेको सहयोगका लागि धन्यवाद प्रकट गर्नुभएको छ ।
राष्ट्रपतिले लेख्नु भएको कूटनीतिक पत्र परराष्ट्र मन्त्रालयले मङ्गलबार नै भारतीय राष्ट्रपतिको कार्यालयमा पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । नेपालले भारतसँग २० लाख मात्रा कोभिसिल्ड खोप खरिदका लागि भुक्तान गरेकोमा दस लाख मात्रा मात्र खोप नेपाल आएको छ । भारतमै कोरोना तीव्र प्रसार भएपछि बाँकी दस लाख मात्रा भारतले दिन सकेको छैन । सोही खोपका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहलमार्फत सहजीकरणका लागि अनुरोध गरिरहेको छ ।

ताजा खबर

दार्चुलामा तुइनबाट खसेर एकजनाको मृत्यु

दार्चुला – दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु...

महाकाली सिचाई आयोजनाको मूल नहरको उदघाटन हुन नसक्दा किसानहरु पानी पाउन बाट वन्चित

महेन्द्रनगर । राष्ट्रिय गौरबको आयोजनाको रुपमा अघि बढिरहेको महाकालि...

दुग्ध उत्पादक किसानहरु लाई खप्तड कृषि सहकारी द्धारा मिल्क क्यान सहयोग

महेन्द्रनगर ।कञ्चनपुरको खप्तड कृषि सहकारीले दुध व्यवशायलाई सुदृढ गर्न...

अब अन्तरिक्षमा ब्रेन ट्युमरको उपचार हुने

बेलायती अन्तरिक्ष एजेन्सीले २ वटा नयाँ मिसनलाई अन्तरिक्षमा प्रक्षेपण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?