बाँकेमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु

बाँकेः बाँकेका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा चार र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुईजनाको संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा बाँकेका दुई, रुकुम पश्चिममा दुई र दाङ र सल्यानका १÷१ जना रहेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत राप्तीसोनारी–५ बाँकेका २३ वर्षीय पुरुष, आठविसकोट–१० रुकुम पश्चिमका ३२ वर्षीय पुरुष, लमही–६ दाङका ४८ वर्षीय पुरुष र राप्तीसोनारी–६ बाँकेका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। उनीहरु सबैको गएराति मृत्यु भएको वलीले जनाकारी दिए।

त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाफीकोट–१० रुकुम पश्चिमकी ६६ वर्षीया महिला र छत्रेश्वरी–५ सल्यानका ३२ वर्षीय पुरुषको मृत्यु भएको छ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?