बाँकेमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु

बाँकेः बाँकेका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा चार र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुईजनाको संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा बाँकेका दुई, रुकुम पश्चिममा दुई र दाङ र सल्यानका १÷१ जना रहेका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत राप्तीसोनारी–५ बाँकेका २३ वर्षीय पुरुष, आठविसकोट–१० रुकुम पश्चिमका ३२ वर्षीय पुरुष, लमही–६ दाङका ४८ वर्षीय पुरुष र राप्तीसोनारी–६ बाँकेका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। उनीहरु सबैको गएराति मृत्यु भएको वलीले जनाकारी दिए।

त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाफीकोट–१० रुकुम पश्चिमकी ६६ वर्षीया महिला र छत्रेश्वरी–५ सल्यानका ३२ वर्षीय पुरुषको मृत्यु भएको छ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?