सैनिक सेवाबाट अवकाश हुन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापा

काठमाडौं: सैनिक सेवाबाट अवकाश हुन केही महिना बाँकी भएका प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी जेठ २३ गते सकल दर्जालाई सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानसेनापतिमा नियुक्त भएको एक हजार दिनको अवसर पारेर प्रधानसेनापति थापाले आगामी २३ गते विशेष सम्बोधन गर्ने तयारी गरेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

थापा २०७५ भदौ २४ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए। सम्बोधनमा थापाले तीन वर्षे कार्यकालमा गरेका काम र भावी नेतृत्वको चयनको विषयमा धारणा राख्ने तयारी गरेको बुझिएको छ। थापाको कार्यकाल आगामी भदौ २४ मा सकिदै छ।

सैनिक परम्परा अनुसार थापा साउन २४ गतेदेखि एक महिने बिदामा बस्नेछन्। थापाको अवकाशसँगै रोल क्रम अनुसार बलाधिकृत रथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्नेछन्। शर्मा गत वर्षको बैशाखमा रथीमा बढुवा भएका हुन्।

सेनामा दुई जना रथीको दरबन्दी छ । सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमान्डरका रुपमा मिसनमा छन्।

ताजा खबर

काङ्ग्रेस नगर सभापति अच्युत कलौनि मृत फेला

कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा...

निम्बुखेडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको छैठौं साधारण सभा सम्पन्न

उपेश सिंह धामी महेन्द्रनगर १६ माघ। कञ्चनपुरको महेन्द्रनगरमा एक खानेपानी...

महेन्द्रनगर माध्यमिक विद्यालय कटान को ४७ औं वार्षिकोत्सव सम्पन्न 

  कञ्चनपुर, १६ माघ । महेन्द्रनगर माध्यमिक विद्यालय (कटान)ले आफ्नो...

आधारभुत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी मावि प्रथम

उपेश सिह धामी कञ्चनपुर, १५ माघ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव शुरु 

  रमेश भट्ट कञ्चनपुर, १५ माघ कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?