सैनिक सेवाबाट अवकाश हुन लागेका प्रधानसेनापति पूर्णचन्द्र थापा

काठमाडौं: सैनिक सेवाबाट अवकाश हुन केही महिना बाँकी भएका प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी जेठ २३ गते सकल दर्जालाई सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानसेनापतिमा नियुक्त भएको एक हजार दिनको अवसर पारेर प्रधानसेनापति थापाले आगामी २३ गते विशेष सम्बोधन गर्ने तयारी गरेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।

थापा २०७५ भदौ २४ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए। सम्बोधनमा थापाले तीन वर्षे कार्यकालमा गरेका काम र भावी नेतृत्वको चयनको विषयमा धारणा राख्ने तयारी गरेको बुझिएको छ। थापाको कार्यकाल आगामी भदौ २४ मा सकिदै छ।

सैनिक परम्परा अनुसार थापा साउन २४ गतेदेखि एक महिने बिदामा बस्नेछन्। थापाको अवकाशसँगै रोल क्रम अनुसार बलाधिकृत रथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्नेछन्। शर्मा गत वर्षको बैशाखमा रथीमा बढुवा भएका हुन्।

सेनामा दुई जना रथीको दरबन्दी छ । सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमान्डरका रुपमा मिसनमा छन्।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?