लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर असफल

एजेन्सी । साडियो मानेले २ गोल गरेपछि अन्तिम खेलमा क्रिष्टल प्यालेसलाई पराजित गरी लिभरपुलले इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको छ ।

एस्टोन भिल्लासँग २–१ ले पराजित भए पनि चेल्सी चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने निश्चित गरेको छ । टोटनह्यामसँग ४–२ गोलले पराजित हुनुकै कारण लेस्टर भने १ अंकले पछि परेर युरोपा लिगका लागि छनोट भएको छ ।

अघिल्लो सिजनको च्याम्पियन लिभरपुलका लागि यस सिजन सुरुआतदेखि नै राम्रो रहने । मुख्य खेलाडीहरु चोटको समस्यामा पर्दा लिभरपुलले आफ्नो इतिहासमै सबैभन्दा धेरैपल्ट घरेलु मैदानमा पराजित हुनुपर्ने स्थिति आयो ।

लिगको पछिल्ला १० खेलयता उसले सुधारिएको प्रदर्शन गर्दै तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु उसका प्रशिक्षक जर्गेन क्लोपकै भाषामा आनन्ददायी क्षण हो । ‘निकै नै शानदार । हामी यस्तै माहोल चाहन्थ्यौं । तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु सुखद क्षण हो । यो सबै श्रेय खेलाडीहरुलाई नै जान्छ । पछिल्ला केहि साता हामीले अविश्वसनीय फुटबल खेल्यौं,’ क्लोपले भने ।

चेल्सीको च्याम्पियन्स लिग छनोट चाहिँ टोटनह्यामले सजिलो बनाइदियो, लेस्टरलाई हराएर । एस्टोन भिल्लासँग पराजित भएको चेल्सी अर्को खेलमा लेस्टर विजयी भएको भए युरोपा लिगमा झर्ने थियो । यी दुईबीच १ अंकको अन्तरमा दुई लिगको छिनोफानो भएको हो ।

पूरा सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिगको तेस्रो स्थानमा धेरै समय टिकेको लेस्टरले अन्त्यतिर ३ खेलमा पराजय ब्यहोरेपछि पाँचौंमा झ¥यो ।

घरेलु टोली एष्टोन भिल्लाका लागि ट्राओरेले पहिलो हाफमा अग्रता दिलाएका थिए । एल घाजीले दोस्रो हाफको सुरुमै गोल गरेपछि उसले अग्रता दोब्बर बनायो । वेन चिलवालले ७० औं मिनेटमा एक गोल फर्काएका थिए । ८९ औं मिनेटमा आच्विलीक्वेयटाले रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा रहेर खेल अन्त्य गरेको थिया ।

प्रिमियर लिगको उपाधि यसअघि नै म्यानचेस्टर सिटीले जितिसकेको छ । लिगको अन्तिम खेलमा उसले एभर्टनमाथि ५–० गोलको शानदार जितसिहत ट्रफी उचाल्यो । सिटीले लिगमा ८६ अंक जोड्यो भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १२ अंकले पछि पा¥यो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?