लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट, लेस्टर असफल

एजेन्सी । साडियो मानेले २ गोल गरेपछि अन्तिम खेलमा क्रिष्टल प्यालेसलाई पराजित गरी लिभरपुलले इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको छ ।

एस्टोन भिल्लासँग २–१ ले पराजित भए पनि चेल्सी चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने निश्चित गरेको छ । टोटनह्यामसँग ४–२ गोलले पराजित हुनुकै कारण लेस्टर भने १ अंकले पछि परेर युरोपा लिगका लागि छनोट भएको छ ।

अघिल्लो सिजनको च्याम्पियन लिभरपुलका लागि यस सिजन सुरुआतदेखि नै राम्रो रहने । मुख्य खेलाडीहरु चोटको समस्यामा पर्दा लिभरपुलले आफ्नो इतिहासमै सबैभन्दा धेरैपल्ट घरेलु मैदानमा पराजित हुनुपर्ने स्थिति आयो ।

लिगको पछिल्ला १० खेलयता उसले सुधारिएको प्रदर्शन गर्दै तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु उसका प्रशिक्षक जर्गेन क्लोपकै भाषामा आनन्ददायी क्षण हो । ‘निकै नै शानदार । हामी यस्तै माहोल चाहन्थ्यौं । तेस्रो स्थानमा रहेर लिग अन्त्य गर्नु सुखद क्षण हो । यो सबै श्रेय खेलाडीहरुलाई नै जान्छ । पछिल्ला केहि साता हामीले अविश्वसनीय फुटबल खेल्यौं,’ क्लोपले भने ।

चेल्सीको च्याम्पियन्स लिग छनोट चाहिँ टोटनह्यामले सजिलो बनाइदियो, लेस्टरलाई हराएर । एस्टोन भिल्लासँग पराजित भएको चेल्सी अर्को खेलमा लेस्टर विजयी भएको भए युरोपा लिगमा झर्ने थियो । यी दुईबीच १ अंकको अन्तरमा दुई लिगको छिनोफानो भएको हो ।

पूरा सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिगको तेस्रो स्थानमा धेरै समय टिकेको लेस्टरले अन्त्यतिर ३ खेलमा पराजय ब्यहोरेपछि पाँचौंमा झ¥यो ।

घरेलु टोली एष्टोन भिल्लाका लागि ट्राओरेले पहिलो हाफमा अग्रता दिलाएका थिए । एल घाजीले दोस्रो हाफको सुरुमै गोल गरेपछि उसले अग्रता दोब्बर बनायो । वेन चिलवालले ७० औं मिनेटमा एक गोल फर्काएका थिए । ८९ औं मिनेटमा आच्विलीक्वेयटाले रातो कार्ड पाएपछि चेल्सीले १० खेलाडीमा रहेर खेल अन्त्य गरेको थिया ।

प्रिमियर लिगको उपाधि यसअघि नै म्यानचेस्टर सिटीले जितिसकेको छ । लिगको अन्तिम खेलमा उसले एभर्टनमाथि ५–० गोलको शानदार जितसिहत ट्रफी उचाल्यो । सिटीले लिगमा ८६ अंक जोड्यो भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई १२ अंकले पछि पा¥यो ।

ताजा खबर

कञ्चनपुरका थापा आदिवासी जनजाती युवा महासंघको केन्द्रीय सचिवमा निर्वाचित

कञ्चनपुर, ९ बैशाख । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता...

नेपाल बैंकको महाकाली अस्पतालमा एटिएम सेवा सचालन

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा...

बेलडाँडीका किसान राना जलिएको अवस्थामा मृत फेला, हत्याको आशंका

कञ्चनपुर, ९ बैशाख । कञ्चनपुरको बेलडाँडीका एक किसानको शंकास्पद मृत...

डेन्टल सेवाका लागि भीमदत्तद्वारा महाकाली अस्पताललाई आर्थिक सहयोग

कञ्चनपुर, ५ बैशाख । कञ्चनपुरको एक स्थानीय सरकारले महाकाली प्रादेशिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?