करेन्ट लागेर दुईजनाको मृत्यु

जनकपुरधाम, ८ जेठ । सप्तरी र सर्लाहीमा करेन्ट लागेर एक –एक जनाको मृत्यु भएको छ । शुक्रबार राति सप्तरीमा टिभी चलाउने क्रममा र सर्लाहीमा बत्ति जोड्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको रुपनी गाउँपालिका वडा नं. ३ हर्दिया टोल स्थितमा २४ वर्षीया अमृता देवी यादवको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

करेन्ट लागेर घाइते भएपछि उपचारको लागि युनिक अस्पताल रुपनी लैजाने क्रममा बाटोमा यादवको मृत्यु भएको प्रवक्ता काफ्लेले बताए।

यस्तै सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १५ पिपराभित्ता सुकुमवासि टोलका परिसर सहनिको १५ वर्षीय छोरा रामुको करेन्ट लागेर मृत्यु भएको छ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?