प्रधानाध्यापकद्धारा ९ कक्षामा अध्ययनरत छात्रामाथी निर्घात कुटपिट

महेन्द्रनगर ।
कञ्चनपुरमा शिक्षकको कुटाईबाट सोमवार दिउँसो एक छात्रा घाइते भएकी छन् । भीमदत्त नगरपालिका–९ मटेनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक सिंह बिष्टको कुटाईबाट कक्षा ९ मा अध्ययरत १५ वर्षीया मनिषा नाथ घाइते भएकी हुन ।

खेल नखेलेको भन्दै प्रधानाध्यापक बिष्टले टाउकोमा लाठी प्रहार गरी निर्घात कुटपिट गरेको छात्रा मनिषा नाथले बताइन । ‘सर नआएर पिरियड खाली थियो । हेडसर आएर कबड्डी खेल भन्नु भयो । मलाई खेल्न नआउने भएकाले म खेल्न बाहिर गइन ।’ मनिषाले भनिन्, ‘त्यस पछि सरले एक्कासी डण्डाले टाउको पिट्न थाल्नु भयो ।’

शिक्षकको कुटाईबाट घाइते छात्रालाई अहिले उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको छ । उनको टाउको चोट लागेको छ । ‘स्कुलबाट साथीहरुसंग रुदै रुदै मनिषा घर आइन । घर पुगे पछि त बिहोस नै भइन । त्यस पछि आतिएर अस्पताल ल्याएका छौँ ।’ मनिषाकी जेठी आमा कलावती नाथले भनिन् । कुटाईबाट घाइते मनिषा अहिले भने होसमा आएकी छन् । उता विद्यालयका प्रधानाध्यापक खडक सिंह बिष्ट अतिरिक्त क्रियाकलाप अन्तर्गत खेल खेल्न छात्राले इन्कार गरे पछि सजाय दिएको बताए ।

‘कक्षामा शिक्षक नभएकाले बाहिर कबड्डी खेल भइरहेको थियो । ती छात्राले खेल नमाने पछि सजाय दिएको हुँ । कुटेको हुँ ।’ उनले भने ।

ताजा खबर

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?