प्रधानाध्यापकद्धारा ९ कक्षामा अध्ययनरत छात्रामाथी निर्घात कुटपिट

महेन्द्रनगर ।
कञ्चनपुरमा शिक्षकको कुटाईबाट सोमवार दिउँसो एक छात्रा घाइते भएकी छन् । भीमदत्त नगरपालिका–९ मटेनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक सिंह बिष्टको कुटाईबाट कक्षा ९ मा अध्ययरत १५ वर्षीया मनिषा नाथ घाइते भएकी हुन ।

खेल नखेलेको भन्दै प्रधानाध्यापक बिष्टले टाउकोमा लाठी प्रहार गरी निर्घात कुटपिट गरेको छात्रा मनिषा नाथले बताइन । ‘सर नआएर पिरियड खाली थियो । हेडसर आएर कबड्डी खेल भन्नु भयो । मलाई खेल्न नआउने भएकाले म खेल्न बाहिर गइन ।’ मनिषाले भनिन्, ‘त्यस पछि सरले एक्कासी डण्डाले टाउको पिट्न थाल्नु भयो ।’

शिक्षकको कुटाईबाट घाइते छात्रालाई अहिले उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको छ । उनको टाउको चोट लागेको छ । ‘स्कुलबाट साथीहरुसंग रुदै रुदै मनिषा घर आइन । घर पुगे पछि त बिहोस नै भइन । त्यस पछि आतिएर अस्पताल ल्याएका छौँ ।’ मनिषाकी जेठी आमा कलावती नाथले भनिन् । कुटाईबाट घाइते मनिषा अहिले भने होसमा आएकी छन् । उता विद्यालयका प्रधानाध्यापक खडक सिंह बिष्ट अतिरिक्त क्रियाकलाप अन्तर्गत खेल खेल्न छात्राले इन्कार गरे पछि सजाय दिएको बताए ।

‘कक्षामा शिक्षक नभएकाले बाहिर कबड्डी खेल भइरहेको थियो । ती छात्राले खेल नमाने पछि सजाय दिएको हुँ । कुटेको हुँ ।’ उनले भने ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?