पूर्वराजदुत शर्माद्धारा भृकुटी माविमा एक लाखको अक्षय कोष स्थापना

महेन्द्रनगर ।
पुर्व–राजदुत डा.माया कुमारी शर्माले आफ्नो बुबाको सम्झनामा महेन्द्रनगर स्थित भृकुटी माध्यामिक विद्यालयमा अक्षय कोष स्थापना गरेकी छन् । भृकुटी माध्यामिक बिद्यालयकी पुर्व विद्यार्थी समेत रहेकी शर्माले सरस्वती पुजाको अवसरमा बुबाको सम्झनामा विद्यालयमा रु. एक लाखको अक्षय कोष स्थापना गरेकी हुन ।

एसईईमा उच्च अंक ल्याउने विद्यार्थीलाई अक्षयकोषबाट आउने व्याजबाट सम्मानित गरिने विद्यालयले जनाएको छ । यस्तै सरस्वती पुजाको अवसरमा विद्यालयका सेवा निवृत्त भएका दुई शिक्षकको बिदाई गरिएको छ ।

लामो समय शिक्षा क्षेत्रमा योगदान पु¥याएका प्रावि तहका शिक्षक पदम बहादुर ऐर र चन्द्रा भण्डारीका विदाई गरिएको छ । यस्तै नवआगन्तुक शिक्षक बबिता दाहाल र ईश्वरी विष्टलाई स्वागत समेत गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील कुमार भट्टको सभापतित्वमा भएको कार्यक्रममा भीनपा–४ का वडाध्यक्ष लक्ष्मी बोहरा प्रमुख अतिथि रहेका थिए ।No description available.No description available.No description available.

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?