प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, हजारौँ कार्यकर्ता सडकमा उत्रिए

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गर्दैछ।

नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाखभन्दा बढीको संख्यामा कार्यकर्ता उतार्न दावी गरेको छ। त्यसका लागि नेकपाले उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका धादिङ, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, चितवनबाट समेत नेता कार्यकर्तालाई काठमाडौँ उतारेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध यसअघि नेकपाले गत पुस १४ गते पनि उपत्यकामा प्रदर्शन गरेको थियो।

No description available.

प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष समितिका संयोजक योगेश भट्टराईका अनुसार उपत्काका विभिन्न ९ स्थानबाट जुलुस निकाल्न लागिएको हो। ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु हुनेछन्।

अहिले जलुस सुरु हुने स्थानमा कार्यकर्ताहरु जम्मा हुन थालिसकेका छन्।

No description available.

बिभिन्न स्थानबाट निस्किने जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुने र त्यसपछि सभामा परिणत हुने नेकपाले जनाएको छ।

जुलुस सुरु हुनु अगाडि नै उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ।

ट्राफिकले अहिले उपत्यकाको रिङरोडभित्र ठूला यातायातका साधनलाई प्रवेश नदिँदा सर्वसाधारण, कर्मचारीलाई सास्ती भएको छ।

त्यस्तै जुलुस सुरु हुन थालेसँगै काठमाडौँको माइतीघर, त्रिपुरेश्वर, पुतलीसडक, प्रदर्शनी केन्द्र, रत्नपार्क जमल आसपासको ट्राफिक अस्तव्यस्त बनेको हो।

 

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?