बाजुरामा पहिरोमा पुरिएर एक बालकको मृत्यु

महेन्द्रनगर । बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको गौमुल गाउँपालिका–५ स्थित गुवानीमा पहिरोमा पुरिएर वडा नम्बर ४ डाँडाबाडाका १२ वर्षिय अनिश विकको मृत्यु भएको छ ।

‘अनिश र उनका बाजे ६० वर्षिय भिके विक वडा नम्बर ५ मा पर्ने गुवानी जंगलमा खर्क बनाएर बसेका थिए ।’ गौमुल गाउँपालिका–४ का वडाध्यक्ष हरि बहादुर रोकायाले भने ‘गएराती खर्कको माथीबाट पहिरो खस्दा बालाकको मृत्यु भएको छ भने उनका बाजे भिके गम्भीर घाइते भएका छन् ।’

वडाध्यक्ष रोकायाका अनुसार अनिश र भिके वडा नम्बर ४ का हुन् ।

उनिहरु पशुचौपाया सहित वडा नम्बर ५ मा पर्ने गुवानी जंगलमा खर्कमा बसेका थिए ।

पहिरोमा परेर ४ बाख्रा पनि मरेका वडाध्यक्ष रोकायाले जानकारी दिए ।फाइल फोटो 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?