बाजुरामा पहिरोमा पुरिएर एक बालकको मृत्यु

महेन्द्रनगर । बाजुरा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको गौमुल गाउँपालिका–५ स्थित गुवानीमा पहिरोमा पुरिएर वडा नम्बर ४ डाँडाबाडाका १२ वर्षिय अनिश विकको मृत्यु भएको छ ।

‘अनिश र उनका बाजे ६० वर्षिय भिके विक वडा नम्बर ५ मा पर्ने गुवानी जंगलमा खर्क बनाएर बसेका थिए ।’ गौमुल गाउँपालिका–४ का वडाध्यक्ष हरि बहादुर रोकायाले भने ‘गएराती खर्कको माथीबाट पहिरो खस्दा बालाकको मृत्यु भएको छ भने उनका बाजे भिके गम्भीर घाइते भएका छन् ।’

वडाध्यक्ष रोकायाका अनुसार अनिश र भिके वडा नम्बर ४ का हुन् ।

उनिहरु पशुचौपाया सहित वडा नम्बर ५ मा पर्ने गुवानी जंगलमा खर्कमा बसेका थिए ।

पहिरोमा परेर ४ बाख्रा पनि मरेका वडाध्यक्ष रोकायाले जानकारी दिए ।फाइल फोटो 

[Sassy_Social_Share total_shares="ON"]

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

पहिराका कारण नारायणगढ–मुग्लिन सडक

पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। शुक्रबार राति १२...

मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र स्थापना हुने

दार्चुलाको मार्मा गाउँपालिकामा यार्सागुम्बा संरक्षण तथा प्रशोधन केन्द्र...

क्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते

काठमाडौँ – कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज...

व्रत बस्ने सामर्थ्यका लागि दर खाने तयारी

१३ भदौ, काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?